किसानको वर्गिकरण चाँडै

कृषि तथा पशुुपक्षी विकास मन्त्रालयले किसान वर्गिकरण प्रकृयालाई फागुन पहिलो हप्तासम्ममा पुरा गर्ने गरी कार्यलाई तीब्रता दिएको छ । 

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरले किसानको तथ्यांक संकलन गरि कम्प्युुटरमा राख्ने ‘सफ्टवेयर’ तयार भइसकेको र त्यो सफ्टेवयर सञ्चालन विधिको बारेमा सातवटै प्रदेशमा तालिम सञ्चालन भइरहेको जानकारी दिनुुभयो । दुुई तीन दिनमा प्रदेश स्तरीय तालिम सम्पन्न भइसकेपछि प्रदेशले प्रत्येक स्थानीय तहमा तालिम सञ्चालन गर्नेछ । 

किसानको तथ्याङ्क संकलन गर्नका लागि प्रत्येक वडामा दुुईजना गणक राखिने बताउँदै उहाँले वडामा रहेका गणकहरुको तालिम सम्पन्न भएपछि मात्र किसानाको बारेमा तथ्यांक संकलन हुने बताउनुुभयो । कृषि मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीले फागुन पहिलो हप्तामा किसान वर्गीकरण कार्यक्रमको उद्घाटन गर्ने गरि काम अगाडि बढेको बताउनुुभयो । 

तथ्यांक संकलन शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यो उद्घाटन गराउने उहाँले बताउनुुभयो । किसानको वर्गिकरण नहुँदा समग्र कृषिको व्यवस्थापनमा समस्या भइरहेको बताउँदै उहाँले किसानको वर्गिकरण भयो भने त्यसको स्तर अनुसार कार्यक्रमहरु सञ्चालन गर्नुको साथै अनुदान, लगानी, पेन्सन लगायतका कार्य गर्न सकिने बताउनुुभयो । देशमा कति किसान छन्, कुन किसानले के के गरिरहेका छन्, कसको क्षमता के हो त्यसको बारेमा सरकारलाई केही जानकारी छैन । 

अब किसानको बर्गिकरण गरेर सबैलाई परिचयपत्र वितरण गरी कृषिका कामहरु अगाडि बढाउने उहाँले बताउनुुभयो ।कृषि मन्त्री पद्मा आर्याल मन्त्रीमा नियुक्त भएपछि कार्यभारत सम्हाल्नु हुँदै पहिलो निर्णय किसान वर्गिकरणको बारेमा गर्नुभएको थियो ।   

तपाईको प्रतिक्रिया