दूध तथा दुग्धजन्य पदार्थ ओसार पसारमा अवरोध नपुर्याउन आग्रह

काठमाडौँ जेठ १४ गते । नेपाल डेरी एशोसिएशनले कोरोनाका कारण भएको बन्दाबन्दीले दुध तथा दुग्ध पदार्थ असोसर पोसारमा अवरोध भएको जनाएको छ । हरेक दिन संचालन गर्नै पर्ने वाध्यता भएको दूध जस्तो अति संबेदनसिल कुरा चाँडै विग्रने हुन्छ । जुन बालकदेखि वृद्धासम्म, जनमदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक रोकतोक गरि गाडी आवत जावतमा समस्या उत्पन्न गरेको जनाएको छ ।

यसरी जस्तोसुकै माहामारी, भुकम्प, बन्द, हड्ताल अहिले र पोहोर सालको लकडाउनमा समेत सहज रुपमा बिना रोकतोक आवतजावत गर्न दिइएको, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यसको महत्व र संबेदनसिलता बुझी जस्तोसुकै समयमा पनि आवतजावतमा समस्या नहोस् भनी एम्बुलेन्स सरह मान्यता हुने गरि लोगो समेत अनावरण गर्नु छ । यसपटक झन रोक्ने काम भएका दावी गर्दै एशोसिएशनले भोकमरीको बेला समेत आजको आजै प्राप्त हुनसक्ने पुर्ण पौष्टिक तत्व भएको दूध तथा दुग्धजन्य पदार्थ उपभोगवाट महिनौ दिनसम्म पनि बाँच्न सकिने दूध जस्तो अत्यावश्यक वस्तुको ओसारपसारमा एम्बुलेन्स सरह कुनै रोकतोक नगर्न सरकार अन्तर्गतका सबै निकाय समक्ष जोडदार आग्रह गरेको छ । र्

तपाईको प्रतिक्रिया