एकै परिवाराका १४ जना कोरोना संक्रमित

CORसर्लाही जेठ १६ गते । सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो । एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएको बताइएको छ । वडामा देखिएका १५ संक्रमितमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको हो ।

एकै परिवारका १४ जना कोरोना संक्रमित भएको हरिवन ७ का वडाअध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ–बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि परिवारका अन्य १२ सदस्यको स्वाब परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखियो ।’

त्यसैगरि हरिवन नगरपालिका ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख महबुब रेजाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया