जसपाले उठाएको मुद्दा रेशम चौधरीको रिहाइबाट प्राप्त हुनसक्दैन (अन्तरवार्ता)

–जेपी गुप्ता
संयोजक, तराई मधेश राष्ट्रिय अभियान

नेपाली राजनीतिमा चिरपरिचित नाम हो जेपी गुप्ता । तर उहाँ अहिले राजनीतिमा गौण हुनुभएको छ अर्थात ओझेलमा पर्नुभएको छ । काँग्रेस पार्टीमा लामो समय राजनीतिक गर्नुभएका जेपी गुप्ता मधेशी जनअधिकार फोरम नेपालमा सक्रिय हुनुभएको थियो । हुन त समाजिक संस्थाको रुपमा रहेको फोरममा पहिलादेखि नै सक्रिय हुनुहुन्थ्यो । काँग्रेस छाडेर पछि उहाँ त्यसमै सक्रिय हुनुभयो । पछि उपेन्द्र यादवसँग कुरा नमिल्दा पार्टी छाडेर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गर्नुभएको थियो । त्यो पार्टीबाट मन्त्री भएकै बेला पुरानो मुद्दामा उहाँ जेल पर्नुभयो । १३ महिनापछि जेलबाट रिहाइ भएपछि राजनीतिमा सक्रिय हुन चाहे पनि सक्नु भएन । र, उहाँ कृषि कर्मतिर लाग्नुभयो । उहाँ कृषिमा लागेपनि राजनीतिभन्दा टाढा हुनुहुन्न । राजनीतिका सबै घटनाक्रमबाट अपडेट हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः

राजनीतिमा देखिनु भएको छैन अचेल के गर्दै हुनुहुन्छ ?
–म एउटा घटनाक्रमले अहिले राजनीतिमा छैन । राजनीतिक भनेको दलीय तथा संसदीय राजनीति हो तर कानुनले मलाई त्यसबाट बन्चित गरिएको कारण म अलिकति निस्कृय छु र आफ्नो घरधन्दामा लागेको छु ।

के अब तपाई राजनीतिमा आउनु हुन्न ?
–अघि नै भने कि मलाई कानुनले दलीय राजनीति गर्ने अधिकार दिएको छैन । तर म राजनीति नै गर्न सक्दिन भने होइन, स्वतन्त्र रुपले जनताको सेवाका लागि, मधेशको अधिकारलाई राजनीति गर्न सक्छु । राजनीति भनेको पदमै बसेर गर्ने कुरा पनि होइन, बाहिर बसेर पनि गर्न सकिन्छ । तर एउटा कुरा यो पनि सत्या हो कि हाम्रो समाजले पद र प्रतिष्ठालाई बढी मान्यता दिएका हुन्छ । जोसँग पद, पावर हुन्छ उसैको पछि लागेका हुन्छन् ।

तपाई तराई मधेश राष्ट्रिय अभियान गठन गरि राजनीतिमा सक्रिय हुनुभएको थियो, अहिले त्यसलाई पनि निस्कृय गर्नुभएको छ किन त ?
–हो, म जेलबाट बाहिर निस्केपछि एउटा रामो सोचका साथ मैले तराई मधेश राष्ट्रिय अभियान गठन गरेको थिए । तमरा अभियान गठन भइरहेकै बेलामा चुनाव सुरु भयो । म कानुनका कारण चुनावमा भाग लिन सकिन । मसँग जोडिनु भएका अरु साथीहरुलाई चुनावमा जाने इच्छा थियो । उहाँहरु विस्तारै संगठन छाड्दै कोही चुनावमा जानुभयो, कोही अरु पार्टीमा सहभागी हुनुभयो । जो जो साथी जानुभयो अधिकाँशले मलाई सोधर नै जानुभयो । म त कानुनी रुपमा म राजनीतिमा आउन सकिन आफ्नो कारणले अरुलाई पनि त्यतिकै राख्न सक्दिन भनि मैले नै उहाँहरुलाई आफ्नो अनुकुल राजनीतिमा लाग्नु भनेको थियो । मधेशमा त झन सत्तामा नरहने हो भने राजनीतिक निकै कठिन विषय हो । विस्तारै संगठन कमजोर हुँदै गयो । अहिले तमरा अभियान पूर्ण रुपमा निस्कृय छ ।

 

जनतालाई भ्रममा पार्ने काम गरिरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्यरुपमा उठाइएको छ । उहाँ रिहाइ हुनुपर्छ तर त्यो मधेशको एजेण्डा होइन । संविधान निर्माणको क्रममा मधेशी पार्टीले जुन मुद्दा गुमाए, त्यो मुद्दा रेशम चौधरीको रिहाइबाट प्राप्त हुनसक्दैन । किनभने त्यो एउटा तपशिलका विषय हुन् । संविधान संशोधन जसपा नेपालको दोस्रो माग रहेको छ । त्यो लाज छोप्नका लागि उठाइएको विषय मात्र हो ।

मधेशवादी दलका नेताहरुसँग अहिले तपाईको सम्बन्ध कस्तो छ ?
–ठिक्कै छ । विग्रको छैन । कुनै कार्यक्रम, सभासमारोहमा भेट हुँदा हेलो हाई हुन्छ । समय अनुकुल कुराकानी पनि हुन्छ । तर पहिलाको जस्तो राजनीतिक सम्बन्ध अहिले कसैसँग छैन । त्यति राजनीति कुराकानी पनि हुँदैन । किनभने मसँग अहिले न कुनै दल छ न पावर छ । त्यसैले उहाँहरुले पनि मलाई किन खोजोस्, किन मेरो लागि पर्खोस् ।

यतिका दलहरु छन्, पार्टीमा आएर कसैले काम गर्न भनिरहेको छैन ?
–भन्छन्, तर पहिलाको जस्तो अवस्था छैन । कहिले काहीँ राजेन्द्र महतोसँग भेट हुन्छ । उपेन्द्र यादवसँग पनि कार्यक्रमहरु भेट हुन्छ । उहाँहरुले पार्टीमा आएर काम गर्नुपर्यो । सँग काम गर्नुपर्यो भन्नुहुन्छ । तर न उहाँहरुको अफरमा कुनै भावना हुन्छ न मलाई पनि कुनै चासो हुन्छ । मलाई लाग्छ, भेट हुँदा एउटा कटसी मेन्टन गरे जस्तो हुन्छ । तर हेर्दै जाउ भविष्यमा के हुन्छ ।

अहिलेको राजनीतिमा त मधेशवादी दल निकै शक्तिशाली भएको छ, त अहिले उहाँहरु जता चाभी घुमाउन चाहनुभयो त्यति घुम्छ होइन ?
–पहिलो संविधानसभामा माओवादी एउटा नयाँ शक्तिको रुपमा उदय भएको थियो र मधेशपनि नयाँ शक्तिको रुपमा आएको थियो । तर त्यतिबेला काँग्रेस र एमालेले माओवादीलाई नयाँ शक्तिको रुपमा मान्यता दिन मानिरहेका थिएन । संसदीय गणितमा माओवादी र मधेशवादी दल नयाँ शक्तिको रुमपा आएपनि काँग्रेस र एमालेले लामो समयसम्म सरकार नै बन्न दिएका थिएन । राष्ट्रपति र प्रधानमन्त्री उनीहरुलाई नै चाहिने परस्थिति उनीहरुले निर्माण गरेका थिए । त्यतिखेर मधेशी जनअधिकार फोरम नेपालले अडान लिएको कारण माओवादीका अध्यक्ष प्रचण्ड गणतन्त्रको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभयो । यो कुरा कसैले विर्सनु हुँदैन । त्यतिबेला फोरम गेमचेन्जर दलको रुपमा आएको थियो । अहिले रणनीतिक सँख्या मधेशी दलहरुको छ । मधेशी शक्तिहरुले माओवादी र काँग्रेसलाई समर्थन गर्दियो भने उनीहरुको सरकार बन्छ, यता केपी ओलीलाई समर्थन गर्दियो भने सरकार बन्छ तर गेमचन्जरको अवस्थामा छैन । त्यो किन छैन भने अहिले पनि काँग्रेस, माओवादी र एमाले मिले भने जसपाले केही गर्न सक्दैन, अथवा काँग्रेसले केपी ओलीलाई समर्थन गर्दियो भने जसपा नेपालको केही चल्दैन । त्यति मात्र होइन, केपी अ‍ोली विश्वास मत लिने बेला माधव नेपाल गुटका सांसदले फ्लरक्रस गरि दिए भने पनि जसपा नेपालको केही चल्दैन अर्थात पहिलो संविधानसभा जस्तो मधेशवादी दल गेमचन्जरको रुपमा अहिले छैन । अहिले खेललाई बदल्न सक्दैन । अहिले मधेशवादी दलका लागि दुईटा जुन सम्भावना छ तीमध्ये कुनै उपयुक्त होइन । न काँग्रेस, माओवादी केन्द्रलाई समर्थन गरेर केही फाइदा हुन्छ न ओली नेतृत्वको एमालेलाई समर्थन गरेर कुनै फाइदा हुन्छ ।

प्रधानमन्त्री कपी शर्मा अ‍ोली मधेशको माग पुरा गर्ला जस्तो लाग्छ तपाईलाई ?
–मलाई त लाग्दैन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मधेशमा भ्रम छर्न सफल हुनुभएको छ । र, त्यसको साक्षी मधेशवादी दल भएको छ । मधेशवादी दल पनि झुठको राजनीतिक गरिरहेको छ । जनतालाई भ्रममा पार्ने काम गरिरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्यरुपमा उठाइएको छ । उहाँ रिहाइ हुनुपर्छ तर त्यो मधेशको एजेण्डा होइन । संविधान निर्माणको क्रममा मधेशी पार्टीले जुन मुद्दा गुमाए, त्यो मुद्दा रेशम चौधरीको रिहाइबाट प्राप्त हुनसक्दैन । किनभने त्यो एउटा तपशिलका विषय हुन् । संविधान संशोधन जसपा नेपालको दोस्रो माग रहेको छ । त्यो लाज छोप्नका लागि उठाइएको विषय मात्र हो । यो कुरा सबैलाई थाह छ कि केपी अ‍ोलीले म संविधान संशोधन गर्दिन्छु भन्दै प्रस्ताव दर्ता गराए पनि त्यो संशोधन हुने बाला छैन । ओलीमाथि विश्वास गरेर जसपा भ्रममा परेको छ भने जनतालाई पनि भ्रमित गरिरहेको छ । संविधान संशोधनका लागि माओवादी केन्द्र र काँग्रेसको पूर्ण सहमति चाहिन्छ । माओवादी र काँग्रेसलाई किनारा लगाएर ओलीसँग मात्र टाँसिएर यो माग कदापी पुरा हुनसक्दैन । मधेशवादी दलले संविधान संशोधन हुँदैछ, रेशम चौधरी रिहाई हुँदैछ भनि आफूलाई मधेशमा बेच्न सक्छन् तर माग पुरा गराउन सक्दैन ।

रेशम चौधरी किन रिहाई हुनसक्दैन तपाईको विचारमा ?
–रेशम चौधरी रिहाइ हुनुपर्छ मेरो पनि माग हो । तर रेशम चौधरीको नाममा राजनीति भइरहेको छ । जहाँ राजनीति हुन्छ त्यहाँ रिहाइ हुँदैन । जहाँ विप्लवका मान्छे रिहाइ हुन्छ भने रेशम चौधरी किन रिहाइ हुँदैन, जहाँ एकैरातमा प्रचण्डका पाँच हजार मान्छे रिहाइ भए त्यहाँ मधेश आन्दोलनमा पक्राउ परेकाहरु किन रिहाइ हुँदैन, जहाँ सिके राउतका सबै मान्छे रिहाइ हुन्छ भने त्यहाँ मधेश आन्दोलनका क्रममा पक्राउ परेका मान्छे किन रिहाइ हुँदैन । मधेशी आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता हुने कुरा प्रचण्डजीको क्याविनेटबाट नै पास भएको हो । माधव नेपाल नेतृत्वको क्याविनेटले पनि मधेश आन्दोलनका क्रममा पक्राउ परेका र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो । त्यसपछि बनेको झलनाथ खनालको सरकारले पनि त्यस्तै निर्णय गर्यो । त्यसपछि बनेका डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि त्यही निर्णय गर्यो । अहिले पनि त्यही भइरहेको छ । अर्थात सरकारले मुद्दा फिर्ता लिने र बन्दी रिहाइ गर्ने निर्णय पटक पटक गरेका छन् तर हालसम्म किन रिहाइ भएन । किन भएन, यसैबाट प्रष्ट हुन्छ कि मधेशको मुद्दालाई दुवै पक्षले एउटा राजनीतिक वस्तुको रुपमा प्रयोग गरिरहेकेको छ ।

अहिले जसपा नेपाल एमालेलाई समर्थन गर्ने कि माओवादीलाई समर्थन गर्ने विषयमा फँसेको छ, एउटा पक्ष प्रचण्डको साथमा जानुपर्छ र अर्कोले ओलीको साथमा जानुपर्छ भनिरहेको छ, यस्तो किन ?
–जसपा नेपाल एकीकरण भएपछि त्यसमा दुईटा धार छन् । एउटा डमोक्रेटिक र अर्को कम्युनिष्ट । पूर्व राजपा नेपालमा मधेशका अधिकाँश डेमोक्रेटहरु छन् । पूर्व समाजवादी पार्टीमा अधिकाँश नेता वामपन्थी लाइनका नेताहरु छन् । अहिले दुईटा धार आउनु स्वभाविक हो । राजपा नेपालमा रहेका नेताहरु बीच ट्युनिङ् मिल्थ्यो । एक ठाउँमा कमसे कम बस्नुहुन्थ्यो उहाँहरु । समाजवादी पार्टीमा पनि त्यही अवस्था थियो । तर यी दुई पार्टी आपसमा मिलेको छ । अलग अलग विचारधाराका पार्टी अलग अलग रहँदा ठिकै हुन्थ्यो तर एकताको दवावले ती दुई दल मिलेका छन् तर दुईटै दलका नेताहरुको अभिव्यक्ति सुन्दा र बुझ्दा पार्टी एक छैन जस्तो प्रष्ट हुन्छ । उपेन्द्र यादवले प्रचण्डलाई समर्थन गर्नुपर्छ भनिरहनु भएको छ भने महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुपर्छ भनिरहनु भएको छ । एउटै पार्टीमा बसेर यसरी फरक फरक धारणा आउनु सर्वथा राम्रो होइन र राम्रो संकेत पनि होइन । यसले आउने दिनमा मधेशको साख घटाउनेछ र मधेशको मुद्दा कमजोर पार्नेछ । अहिले पनि मधेशवादी दल आफ्नो एजेण्डामा चुक्दैछ । अहिले निरपेक्ष बस्ने अवस्था छ । उपेन्द्र र महन्थ ठाकुरलाई पनि थाह छ कि अहिले कुनै पनि दलले माग पुरा गर्न सक्दैन । उनीहरुले आफूलाई समर्थन गराउन र सरकार बनाउनका लागि माग पुरा गरि दिने भन्दैछन् । अनि त्यस्तो भ्रममा किन पर्ने । अहिलेको विवाद तपाईहरुको हो तपाईहरु सल्टाउनुस् हामीलाई सरकार र सत्तासँग कुनै मतलब छैन भन्नुपर्यो ।

तपाईको प्रतिक्रिया