भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ को तेस्रो लुक सार्वजनिक

काठमाडौ असार १० गते । भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ को तेस्रो लुक सार्वजनिक भएको छ ।
अमित सर्राफको निर्देशन, गणेश प्रसादको निर्माणमा बनेको यो भोजपुरी फिल्ममा नायक सदाम हुसैन, नायिका मनिषा यादवका साथै अन्य कालाकारमा निशान्त पाण्डे, माही खान, आयाज खान, राजकपुर शाही, सुधाकरण मिश्र, जाकिर हुसैन, अलि साह, राकेशलगायतका रहनु भएको छ ।

यसको सुटिङ सम्पन्न भइसकेको छ । इडिटिङ्गको कार्य सकाएर फिल्म रिजिलको प्रतिक्षामा रहेको नायक सदाम हुसेनले बताउनुभयो । निशेधज्ञाका कारण रिलिजमा ढिलाई भइरहेको बताउँदै उहाँले यो फिल्मको छयाँकन भैरहवा, बुटवल, पाल्पा, रौतहटलगायतको ठाउँमा भएको हो । यो फिल्ममा एक्सनका साथै प्रेम तथा रोमान्टिकका कथावस्तु पनि समेटिएको हुसैनले बताउनुभयो ।

सदाम हुसैन नेपाली भएपनि यो फिल्म भारतमा निर्माण भइरहेको छ । भारतीय सरकारको स्वीकृतिमा फिल्म निर्माण भइरहेको बताइएको छ ।

‘चिफ मिनिस्टका छोरीलाई अपहरण गरेर चाइना बोर्डरमा पाँच वर्षदेखि राखिएका हुन्छन् । उनलाई छोडाउनका लागि अनेक प्रयास भइरहेका हुन्छन् तर सफल भइरहेको हुँदैन । त्यसपछि सरकारले विशाल (नायक) को नेतृत्वमा एउटा कमाण्डो चाइना बोर्डरमा बठाउँछन् र चिफमिनिस्टरका छोरीलाई रिहाय गराउनमा सफल हुन्छ ।’ यिनै कथावस्तुमा केन्द्रीत भएर निर्माण भएको छ भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ ।

तपाईको प्रतिक्रिया