महन्थ ठाकुर समूहका नेताहरु अलपत्र, बबरमहलमा दैनिक बस्छ बैठक तर निस्किदैन निष्कर्ष

काठमाडौँ असार १३ गते । ‘जसपा अन्तरर्गत राजपा खेमाका नेतृत्वका असक्षमताको कारण पार्टी गतिहीन र दिसाविहिन, राष्ट्रराजनीति, संगठन बनाउने अथवा जनताको बीचमा जाने स्पष्ट दृष्टिकोण वा ठोस योजना नभएको कारण प्रदेशसभा सदस्यलगायत नेता कर्याकर्ताहरु अलपत्र अवस्थामा ।’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका प्रदेश २ का प्रदेशसभा सदस्य विक्की यादवले समाजिक सञ्जालमा लेख्नुभएको कुरा हो । उहाँले फेसबुकमा लेखेपछि जसपा अध्यक्ष ठाकुर पक्षको वास्तविकता उजागर भएको चर्चा भइरहको छ । महन्थ ठाकुर पक्ष केन्द्रमा अल्झिएपछि प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरु अलपत्र परेका छन् । उपेन्द्र यादव पक्षले देशैभरि संगठन सुदृढीकरणका लागि कार्यदल गठन गरी काम सुरु गरिसेको छ तर ठाकुर पक्षका गतिविधि ठप्प परेको कारण नेता तथा कार्यकर्ताहरु अलपत्रमा परेका छन् ।

प्रदेश २ मा जसपा नेलका ५५ सांसद छन् त्यसमध्ये पूर्व राजपाका २५ जना र पूर्व समाजवादी पार्टीका प्रदेश सांसद छन् । पूर्व राजपामा रहेका २५ जना सांसदमध्यये ६ जना उपेन्द्र यादवको पक्षमा लागेका छन् । त्यहाँ उपेन्द्र पक्षका लालबाबु राउत मुख्यमन्त्री हुनुहुन्छ । उहाँले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई हटाएर मन्त्रालयसँख्या थपेर काँग्रेसका तीनजना मन्त्री थप्नु भएको छ । त्यसले गर्दा महन्थ ठाकुर पक्ष झन रुष्ट बन्नु भएको छ । यो घटनाले गर्दा दुई पक्षमा झन दुरी बढेको छ ।

पछिल्लो समय महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वका सरकारमा सहभागी भएर बाहिरपछि सो समूह झन अलमलमा परेको जस्तो देखिन्छ । न केन्द्रको बारेमा सोच्न सकेको छ, न प्रदेश न जिल्ला र स्थानीय तहको बारेमा सोच्न सकेका छन् । बबरमहलको मधेश भवनमा महन्थ ठाकुर पक्षको दिनदिनै छलफल हुन्छ । जसपाका अध्यक्ष ठाकुर दिन दिनै आउनु हुन्छ । नेताहरुसँग छलफल गर्नुहुन्छ तर त्यसको नतिजा केही देखिदैन । जसपा महन्थ ठाकुर पक्षका एकजना केन्द्रीय सदस्यले भन्नुभयो, ठाकुरजी सधै मिटिङ बसाउन हुन्छ तर त्यसको कुनै अर्थ देखिदै कहिले पनि स्पष्ट दिसा दिन सक्नु भएको छैन ।’

उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि महन्थ ठाकुर पक्ष त्यसैमा अल्झेका छन् । कहिले वकिलसँग कहिले पूर्व सांसदसँग, कहिले कार्यकारिणीसँग कहिले पदाधिकारीहरुसँग त्यसैको बारेमा उहाँले छलफल गर्नुहुन्छ तर त्यसको निष्कर्ष के हो अझै कुरा बाहिर आएको छैन ।

विघटित प्रतिनिधिसभाका सदस्य प्रमोद साहले पूर्व राजपा अलमलमा पर्नुको एउटै कारण हो, बाँडफाँड, पूर्व राजपा नेपालका शीर्ष नेताहरु हरेक कुराको बाँडफाँड गर्नुहुन्छ, आफ्ना आसेपासेलाई दिनुहुन्छ मानौ सहकारीको सेयर हो । सहकारीमा जसरी सेयर बाँडफाँड हुन्छ त्यसरी नै पूर्व राजपाका नेताहरु बाँडबाँडमा अल्झिनु हुन्छ र बाँकी नेता तथा कार्यकर्तालाई अलपत्रमा पर्नुभएको छ ।’

केन्द्रमा महन्थ ठाकुर पक्षका नेताहरु बाँडफाँडमा अल्झिनु भयो, अनि उता प्रदेशमा चलेखल भयो त्यसलाई समयमा व्यवस्थापन गर्न नसकेको कारणले यहाँका सांसदहरु अलपत्रमा रहेको उहाँले बताउनुभयो ।

उपेन्द्र यादव पक्षले प्रदेश २ मा सरकार सञ्चालन गरिरहेको छ । त्यो सरकारभन्दा बाहिर महन्थ ठाकुर पक्ष रहेको छ । बाहिर भएपनि केन्द्रबाट नकुनै छलफल छ, नकुनै खोजखबर छ, नकुनै रणनीति छ । हुन त अहिले पनि त्यहाँ जसपा नेतृत्वकै सरकार छ । जसपाका प्रदेश २ का सांसद प्रमेश्वर साहले प्रदेश २ को सरकार जसपा नेतृत्वकै सरकारमा छ त्यसमा काँग्रेसलाई सहभागी गराएको बताउँदै सरकारमा कसलाई राख्ने नराख्ने अधिकार मुख्यमन्त्रीको अधिकारको कुरा रहेको बताए । एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई हटाउनु पार्टीको विवादसँग जोड्न नहुने बताउँदै उहाँले मुख्यमन्त्री राउतले आफ्नो अधिकार प्रयोग गर्नुभएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया