ग्रिल काटेर थुनुवा फरार

काठमाडौँ असार २६ गते । सिरहाको इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका पशुपती यादव फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुरका यादव बिहान २ वजे हिरासतको ग्रिल काटेर भगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पशुपती यादव हिरातको ग्रिल काटेर भागेका हुन् र उनको खोजी कार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया