संकट टरेको छैन, सत्ताका लागि ओलीले जे पनि गर्न सक्छन्

–सीताराम अग्रहरी
हेर्दै जानु यो मानिस यति सत्ता लोभी , यति लिच्चड छ , सहजै कुर्सी छाड्दैनन् भने कुरा यिनका आसेपासेका हरकतले थाह भइहाल्यो । यिनलाई लोकतन्त्रमा होइन, भोगतन्त्रमा मात्र विश्वास छ । अदालतको साहसिक आदेशले मुर्छा परेको लोकतन्त्रमा ज्यान आएको छ तर संकट टरेको छैन। सत्ताका लागि केपी शर्मा ओलीले जेपनि गर्नसक्छन, जुन हदसम्म पनि जानसक्छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दुवै यी पदका गरिमा लायक मानिस होइनन् ।

अधिकता लाजशरम छैन । ओलीले त अझ उहिल्यै राजीनामा गरिसक्नुपर्थ्यो, जुनबेला पार्टी सिर्फ किचलो चर्केर गयो र उनी बहुमतमा रहेनन् । माओवादी छुट्टिएर गएपछि, र माधव नेपाल विद्रोही भएपछि स्पष्ट थियो, उनीसँग बहुमत थिएन ।

महन्थ ठाकुर समूहले साथ दिँदासमेत उनी बहुमत भन्दा तलै थिए । के यस्तो अवस्थामा उनले स्वतः सरकार छाड्नु पर्दैन्थ्यो ? तर ओली न हुन्, आर्यघाट नपुगुञ्जेल कुर्सी छाड्नेवाला छैनन् ।

उता, भारतमा अटल बिहारी वाजपेईले पहिलो पटक सरकार बनाउँदा बहुमत सावित गर्न नसक्ने देखेपछि १३ दिनमा स्वयं राजिनामा दिए । यस्तो गहन दायित्व बोकेको पदमा आसिन व्यक्तिको न्यूनतम केही नैतिकता त हुनुपर्छ। रोचक के छ भने, उनलाई नियुक्त गर्ने बेला राष्ट्रपति थिए डा शंकरदयाल शर्मा । उनी कांग्रेसबाट आएका थिए भने बाजपेई बीजेपीबाट । संसदमा बाजपेईलाई बहुमत थिएन तर बीजेपी सबभन्दा ठूलो दल थियो । डा. शर्माले बाजपेईलाई आमंत्रित गरे । हुनत डा. शर्माको कदमको आलोचना पनि भयो तथापि बाजपेईले कुनै लिच्चडपन देखाएनन, राजीनामा गरे।

चन्द्रशेखर काँग्रेस को सहयोगमा प्रधानमन्त्री भाएका थिए । उनको लोकप्रियता बढ्दै गएको थियो । राजीव मंडलीलाई यो मन परेन र कांग्रेसले सपोर्ट विथड्र गर्ने निर्णय गर्यो । चन्द्रशेखर खुरक्क राजीनामा दिन हिडे । कांग्रेसले पछि रोक्न खोज्दा चन्द्रशेखरले नै मानेनन् । राजनेता भनेका यस्ता हुन्छन् । हामीकहाँ पार्टी बचाउका नाममा, बामपन्थी रक्षाका नाममा कुहिएको फर्सी पनि होइन, सिनोका पछिपछि कुद्दै छन् (राजकुमारी झांक्री जस्ता एकाधबाहेक) एमालेका तथाकथित क्रिम दोस्रा पुस्ता जसले लोकतन्त्र, देश र देशवासीहरुका सपना भताभुङ्ग पारे।
मधेशीका त कुरै न गरौं, महन्थहरुले दिल्लीभन्दा दिलका कुरा सुनेको भए ओलीका चङ्गा उहिल्यै चेट भइसक्थ्यो । मानिसले उपेन्द्रका कुरापनि गर्छन् । गर्नु पनि पर्छ। उपेन्द्रका कमजोरी पनि गनाउन सक्छु । तर यो पनि मान्नुपर्छ, लोकतन्त्र रक्षा र राष्ट्रियताको प्रश्नमा उनको आस्था असंदिग्ध छ ।
महन्थहरुलाई भने भन्न मन लागेको छ । अहिलेपनि बेला छ, गल्ती भएको छ, आत्मावलोकन गरौं । कसका लागि मरिहत्ते गरिरहनु भएको छ । ?
दबावमा बांच्न छाड्नुस् । आफ्नो जगमा आफै उभिनुस् । स्वाभिमान र सम्मानका साथ सिर ठाडो पारेर जनताका गोठाला बन्नुस् ।

(गर्दन पर किसका भार ढोते हो
शोणित से किसका कलंक धोते हो ?)
–दिनकर
(सीताराम अग्रहरी वरिष्ठ पत्रकार हुनुहुन्छ । उहाँले यो सानो टिपोट आफ्नो फेसबुकमा राख्नुभएको छ)

तपाईको प्रतिक्रिया