मोटरसाइकलको ठक्करबाट मृत्यु

सप्तरी असार ३१ गते । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । म्ृात्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् ।

स ४ प ९५४ नम्बरको मोटरसाइकलको ठकरबाट घाइते उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया