प्रदेश २ मा मिल्यो माओवादीको भागबण्डा भोली सपथग्रहण

धनुषा साउन १ गते । जनता समाजवादी नेपाल नेतृत्वको प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । माओवादी केन्द्रका प्रदेश २ प्रदेशसभा सदस्य भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुन लागेका छ । एकजना मन्त्री र एकजना मन्त्रीसहित सरकारमा सहभागी हुने र भोली नै सपथ नहुने बताइएको छ । राज्यमन्त्री प्रदेश सांसद राज्यमन्त्री रुवी कर्ण जाने भएको छ ।

यसअािघ काँग्रेससँगै सरकारमा सहभागी हुने कुरा थियो तर माओवादी केन्द्रभित्रै खटपट भएको कारण तत्काल सहभागी भएको थिएन ।
माओवादी केन्द्रको प्रदेश २ संसदीय दलबाट भरत साह र जगत यादव गरी दुईजना सरकारमा जाने निर्णय भएको थियो तर नारायणकाजी श्रेष्ठले हस्ताक्षेप गरेपछि माओवादी केन्द्रको सपथ रोकिएको थियो । नारायणकाजी श्रेष्ठले आफ्नो पक्षबाट पनि सरकारमा सहभागी हुने अडानमा बस्नुभयो । उहाँले सपथग्रहरण कार्यक्रम रोक्नका लागि मुख्यमन्त्री लालबाबुर राउतदेखि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत फोन गर्नुभएको थियो ।

अन्ततः अहिले आएर भागबण्डा मिलेपछि सरकारमा जाने निर्णय भएको हो । भरत साह प्रचण्ड पक्षका सांसद हुनुहुन्छ भने रुवी कर्ण नारायणकाजी श्रेष्ठ पक्षका सासद हुनुहुन्छ । जसपाका उपेन्द्र यादवले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीबाट हटाएर काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउनका लागि मन्त्रालय विभाजन गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया