महन्थ ठाकुर पक्षले पनि देउवालाई समर्थन गर्ने

काठमाडौँ साउन ३ गते । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवाले पत्र लेखेर नै विश्वासको मतमा समर्थन गर्न आग्रह गरेपछि सो पक्षले समर्थन गर्न तयार भएको हो । पत्र पठाएपछि दुवै पक्षमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री देउवाले मधेशको माग पुरा गर्न आफू तयार रहेको र आज संसदमा पनि सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि ठाकुरले पक्षले समर्थन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया