उपेन्द्र र निर्वाचन आयोगमाथि महन्थ ठाकुरले दायर गरे मुद्दा (रिट निवेदनसहित)

काठमाडौँ साउन ८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवमाथि मुद्दा दायर गर्नुभएको छ । निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएर ‘हेडकाउन्ट’ का लागि बोलाएको निर्णय रोक्न उहाँले सो मुद्दा दायर गर्नुभएको छ । ठाकुरको तर्फबाट जसपाका कार्यालय सचिव प्रदीपकुमार पाठकले मुद्दा दायर गर्नुभएको हो ।

‘निर्वाचन आयोगको मिति २०७८–४–७ गतेको आदेश उत्प्रेषणको आदेशद्वार बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोमिज जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७३–३ १ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी हेरफेरबाट कायम भएको केन्द्रीय कार्यकारिणी समितिको आधारमा विवाद निरुपण प्रक्रिया अगाडी बढाउनु भनी विपक्षीका नाममा परमादेशको आदेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरि पाउँ भनि रिट निवेदनमा उल्लेख छ ।

साथै विपक्षी निर्वाचन आयोगको सो मिति २०७८–४–७ गतेको निर्णय आदेह उत्प्रेषणको आदेशले बदर गरी विपक्षी उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८–३–४ को दाबी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ (१) को प्रतिकुल रहेकाले सो गैरकानुनी दाबीको आधारमा कुनै निर्णय काम कारवाही नगराउनु भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाउँ भनि निवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया