प्रमोद र अरुण धेरौटीमा रिहा

बारा साउन १२ गते । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रमोद साह र जसपा बारा जिल्ला प्रवक्ता अरुणकुमार सिंह धरौती तिरेर रिहाइ हुनुभएको छ । केही दिन पहिले जिल्ला अदालतको आदेशबाट उहाँहरुलाई वीरगञ्जको कारागारमा राखिएको थियो ।

उहाँहरुले दैनिक तीन–तीन सय रुपियाँको दरले ६ महिनासम्म धरौती बुझाउने शर्तमा रिहाइ हुनु भएको छ ।
मधेश आन्दोलनको क्रममा गाडी तोडफोड गरेको आरोप उहाँहरुमाथि थियो ।

तपाईको प्रतिक्रिया