रेशम चौधरीले भन्नुभयो, म जसपामै छु

काठमाडौँ भदौँ १० गते । कारागारमा रहेका रेशम चौधरीले आफू जनता समाजवादी पार्टी नेपालमै रहेको बताउनु भएको छ ।
जसपाका दुईजना सांसद उहाँलाई भेट्न कारागार गएको बेला उहाँले त्यस्तो बताउनु भएको हो ।

स्रोतका अनुसार उहाँलाई भेट्न जसपाका सांसद प्रदीप यादव र नरमाया ढकाल कारागार जानु भएको थियो । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध नेता तथा सांसदहरु निर्वाचन आयोगमा सनाखतको लागि तयारी गरिरहेको बेला उहाँ दुईजना सांसद चौधरीलाई भेट्न हिजो बुधवार कारागार पुग्नु भएको थियो । उहाँहरु समक्ष रेशम चौधरीले आफू जसपा नेपालमै रहेको प्रतिकृया दिनुभएको थियो ।

त्यही भएर उहाँ लोसपाका लागि सनाखत गर्नुभएको छैन । महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । त्यसमा रेशम चौधरीको नाम पनि थियो । जब कि चौधरी जसपा नेपालको कार्यकारिणी समिति रहेको कुरा सार्वजनिक भएको थियो । जसपामा हुँदै हुँदा रेशम चौधरी कसरी लोसपामा सनाखत गर्न जान्छ भनि जिज्ञासाका साथ उहाँ दुईजना सांसद कारागार जानु भएको थियो । त्यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि रेशम चौधरीलाई कारागारमा गएर भेट्नु भएको थियो । सो भेटमा पनि रेशम चौधरीले आफू जसपामै रहेको प्रतिवद्धता जनाउनु भएको थियो ।

तर त्यसअघि महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता निर्वाचन आयोग जानुअघि निवेदनमा हस्ताक्षर गराउनका लागि सो पक्षका नेता शरतसिंह भण्डारी र निर्जला राउत कारागार पुग्नु भएको थियो । उहाँहरुले रेशम चौधरीलाई भनसुन गरेर निवेदनमा हस्ताक्षर गराउनु भएको थियो । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव चौधरीलाई भेट्न कारागार पुग्नु भएको थियो । त्यहाँ चौधरीले आफूसँग भण्डारीले अनुनय विनय गर्न थालेपछि जसपा लोकतान्त्रिकका लागि हस्ताक्षर गरेको तर त्यो हस्ताक्षरलाई पनि भण्डारीले आफूलाई वरिष्ठ नेता बनाउन प्रयोग गरेको गुनासो उपेन्द्र यादव समक्ष गर्नुभएको थियो ।

उपेन्द्र यादव भेटेर फर्केपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर स्वयं चौधरीलाई भेटेन कारागार पुग्नु भएको थियो । तर चौधरीले ठाकुरको निवेदनमा हस्ताक्षर गर्न मान्नु भएका थिएन ।

हिजो निर्वाचन आयोगमा लोसपाका नेताहरुले रेशम चौधरी आफूहरुको पक्षमा सनाखत गरेको दावी गरेपनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रेशम चौधरी लोसपाको पक्षमा सनाखत नगरेको बताउनु भएको छ । रेशम चौधरी सशरिर उपस्थित नभएको कारण उहाँको सनाखत नभएको उहाँले बताउनुभयो । तर लोसपाका युवा नेता मुकेश झाले रेशम चौधरीको सनाखत कारागारमार्फत भएको दावी गर्नुभयो ।

कारागारका प्रमुखको उपस्थितिमा रेशम चौधरीले हस्ताक्षर गरेको पत्र र कारागारा प्रमुखको हस्ताक्षरसहितको पत्र आयोगमा आएको र त्यसलाई नै सनाखतको मान्यता दिएको उहाँले बाउनुभयो । रेशम चौधरी सांसदबाट निलम्बित भएको हुनाले उहाँको सनाखत सांसदको रुपमा नभएर कार्यकारिणी सदस्यमा भएको उहाँले दावी गर्नुभयो ।

लोसपाले १५ जना सांसदको नामावली पेस गर्दा त्यसमा रेशम चौधरीको नाम थियो । तर उहाँ सांसद नभएपछि त्यसबाट उहाँको नाम झिकिएको थियो । उहाँको नाम कार्यकारिणी समितिको १७ जना सदस्यको नामावलीमा थियो । यद्यपी त्यसमा १६ जनाको हस्ताक्षर मात्र रहेको छ । आयोगले पनि कार्यकारिणी समितिका १६ जनाले मात्र सनाखत गरेको जनाएको छ ।

यो न्युज पनि पढ्नु होस्

रेशम चौधरीका रिहाइका लागि थारुहरुको धर्ना

अन्ततः रेशम चौधरीले पनि छाड्नुभयो राजेन्द्र महतोको साथ

‘रेशम चौधरीलाई पार्टीबाट निकालिएको होइन तर उहाँले स्पष्ट गर्नुपर्छ कहाँ बस्नुहुन्छ’

रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित नहुन सुझाव

रेशम चौधरीलाई फकाउन नेताहरुको दौड

जेलमा रहेकोलाई लिएर बालुवाटारमा हिसाब किताब

सरकार र थारुहट बीच सम्झौताः रेशम चौधरी रिहाय हुने (पत्रसहित)

जसपाले उठाएको मुद्दा रेशम चौधरीको रिहाइबाट प्राप्त हुनसक्दैन (अन्तरवार्ता)

तपाईको प्रतिक्रिया