सिरहाका विभिन्न ठाउँमा बाढीले क्षति

सिरहा भदौँ ११ गते । विहिवार र शुक्रवार परेको पानीले गर्दा सिरहाका विभिन्न ठाउँमा आएको बाढीले डुवान भएको छ । त्यो बाढीले गर्दा कतिपय ठाउँमा मान्छेको उद्धार गर्ने काम पनि भएको छ ।पोखरीको डिल भत्केपछि त्यसको पानी गाउँमा पस्दा गोलबजार बेतौनाका एक दर्जन भन्दा बढी घरहरु डुबानमा परेका छन् ।

घर डुवानमा परेपछि ँमकतिपय व्यक्ति अरुको घरमा शरण लिएका छन् ।

गोलबजार र धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताउनुभयो । त्यसैगरि वर्षाको पानी बजार पसेपछि मिर्चैयाका दर्जनौ पसलहरु जलमग्न भएका छन् ।

पूर्व–पश्चिम राजमार्गदेखि उत्तरको पानीको उचित निकास नहुँदा बजार पसेर जलमग्न भएको स्थानीय रामनारायण ठाकुरले जानकारी दिनुभयो । त्यहाँ आजै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु सरकारको विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया