यस्तो छ लोसपाको पहिलो प्रेस विज्ञप्ति

काठमाडौँ भदौं ११ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आज विज्ञप्ति जारी गरी पार्टी निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेको छ । लोसपा गठन भएपछि यो पहिलो विज्ञप्ति हो । हिजो कार्यकारिणी समितिको बैठक पनि बसेको थियो । आज पार्टी कार्यालय उद्घाटनका साथै नयाँ बोर्ड र झण्डा पनि पार्टी कार्यालयमा राखेको छ ।

तपाईको प्रतिक्रिया