जसपाबाट १८ मेयर र १६ प्रदेश सांसदले गर्नुभयो लोसपामा सनाखत

काठमाडौँ भदौँ २२ गते । जनता समाजवादी पार्टी नेपालका १८ जना पालिक प्रमुखसहित ८८७ जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गर्नुभएको छ ।

लोसपाका कार्यकारिणी सदस्य केशव झाले गराएको जानकारी अनुसार देशभरका स्थानीय तहका १८ जना पालिका प्रमुख र २७ जना उपप्रमुखसहित ८८७ जनाले लोसपाको पक्षमा सनाखत गर्नुभएको छ ।

सप्तरीका ९६, सिरहाका १२, धनुषाका १०९, महोत्तरीका २५८, सर्लाहीका १३७, रौतहटका ८८, बाराका १३८, पर्साका २८, रुपन्देहीका २०, कपिलवस्तुका १ जना जनप्रतिनिधिले सनाखत गर्नुभएको हो । त्यसमध्ये सप्तरीमा मेयर १ जना र उपमेयर तीन जना, धनुषामा मेयर १ र उपमेयर २, महोत्तरीमा मेयर ६ र उपमेयर १०, सर्लाहीमा मेयर ५ र उपमेयर ४, रौतहटमा मेयर १, बारामा मेयर ३ र उपमेयर ५, पर्सामा उपमेयरमा २, रुपन्देहीमा मेयर १ र उपमेयर १ ले सनाखत गर्नुभएको जनाइएको छ ।

प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदुर पश्चिममा १ जना प्रदेश सांसदले सनाखत गर्नुभएको छ ।
त्यस्तै, जसपाबाट लोसपाको पक्षमा १७ जना केन्द्रीय कार्यकारिणी सदस्य र १५ जना संघीय सांसदले यसअघि नै सनाखत गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया