तराई मधेशमा यसरी मनाइयो चौरचन पर्व हेर्नुस् तस्विरमा

काठमाडौँ भदौँ २५ गते । आज तराई मधेशमा चौरचन पर्व सम्पन्न भएको छ । तराई मधेशमा मनाईने महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) आज धुमधामका साथ मनाएको छ । तराई मधेशमा चौरचन पर्वलाई निकै आस्थाको रुपमा लिइन्छ । कृष्ण जन्मअष्टमीको १२ दिनपछि यो चौरचन मनाइन्छ ।

भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको ब्रतालुहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया