लोसपाको सदस्यता वितरण अभियानः लोसपामा १० रुपियाँ साधारण र ५० रुपियाँमा सक्रिय सदस्यता

काठमाडौँ भदौँ ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सदस्य वितरण अभियान सुरु गरेको छ । १० रुपियाँ शुल्क तिरेर पार्टीका अध्यक्ष महन्थ ठाकुरले सदस्यता लिएर हिजोदेखि सदस्य वितरण अभियान सुरु गर्नुभएको हा ।

अध्यक्ष यादवलाई लोसपाकै ज्येष्ठ नेता सर्लाहीका प्रदीपनारायण यादवले प्रदान गरेका हुन् । त्यसपछि अध्यक्ष ठाकुरबाट वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गर्नुभयो । हाललाई उनीहरुले १० रुपियाँ तिरेर साधारण सदस्यता लिएका छन् केही दिनमै सक्रिय सदस्यता लिने कार्यालय सचिव प्रदीप पाठकले बताउनुभयो ।

जसपा नेपालबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका हुन् ।

१० रुपियाँ तिरेर फारम भरेपछि मात्र सक्रिय सदस्यता पाउनेछ । सक्रिय सदस्यताका लागि ५० रुपियाँ तिर्नुपर्ने हुन्छ । सक्रिय सदस्यता प्राप्त गरेका व्यक्तिहरुबाट केन्द्रीय कार्य समिति, प्रादेशिक कार्य समिति वा जिल्ला कार्य समितिले मासिक वा वार्षिक लेवी लिनेछ । आवेदन प्राप्त भएपछि सक्रिय सदस्यता प्रदान गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय अध्यक्षलाई प्रदान गरेको छ ।

लेवी तिर्नेलाई लोसपाको अफर
पार्टीको सदस्यहरुबाट प्राप्त सदस्यता शुक्ल, आवेदन शुल्क, फारम विक्रि रकम, प्रकाशन विक्रि वापत प्राप्त रकम, लेवी एवं दाताहरुबाट प्राप्त सहयोग राशीबाट पार्टी कोष खाडा गरिने लोसपाको नियमावलीमा उल्लेख छ ।

पार्टी बाहेकका सरकार, अद्र्ध सरकारी एवं गैर सरकारी निकायमा पद प्राप्त गर्ने व्यक्ति र पार्टिको सदस्यहरुको भ्रमण भत्ता, घर भत्ताबाहेक अन्य पारिश्रमिक, भत्ता रकम आदिको कमसे कम १० प्रतिशत लेवी अनिवर्या रुपमा पार्टी कोषमा जम्मा गर्ने नीति लोसपाले बनाएको छ । त्यस्तै, पार्टी सदस्यद्वारा आफ्नो खुद आयको एक प्रतिशत लेवी पार्टि कोषमा जम्म गर्ने कार्यलाई पार्टी हित अनुकुल मानेर त्यस्तो सदस्यलाई पार्टीद्वारा मनोनित हुने पदको लागि प्राथमिकताको थप आधार मानिने लोसपाको नियमावलीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया