हनी सिंहमाथि उनकै श्रीमतीद्वरा हिंसाका आरोप

बलिउडका चर्चित ¥यापर हनी सिंहलाई श्रीमति शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । दिल्लीको तीस हजारी अदालतमा शालिनीले घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा दायर गराएकी हुन् । अदालतले सिंहलाई २८ अगस्टसम्म अदालतलाई जवाफ फर्काउन निवेदन गरिसकेको छ ।
तलवारले दायर गरेको मुद्दामा उनले श्रीमानबाट आफूले धेरै पल्ट शारीरिक, मौखिक र मानसिक यातना भोग्नु परेको उल्लेख गरेकी छन् । उनले हनी सिंहले आफूलाई कति कमाई गरिरहेको भन्ने बारे नबताउने गरेको पनि आरोप लगाएकी छन् । तलवारका अनुसार उनी गीत गाएर, प्रस्तुति दिएर र रोएल्टीहरुबाट मासिक ४ करोड रुपैयाँ कमाउँथे, र यो त्यो समयको कुरा हो जतिबेला उनी लागूपदार्ध, मदिरा र केही औषधिहरुको प्रयोग गर्थे । उनी घमण्डी, रिसाहा र अपमानजनक व्यवहार गर्ने भएका थिए र उनको धेरै महिलाहरुसँग शारीरिक सम्बन्ध पनि थियो ।
जब तलवारले एक पञ्जावी नायिकासँग हनिको प्रेम सम्बन्धको बारेमा थाहा पाएर यसबारेमा सोधेकी थिइन्, तब हनीले उनीसँग सम्बन्ध टुंग्याउने र शालिनीप्रति इमानदार रहने वाचा पनि गरेका थिए । हनी सिंहलाई छटपटी भ्रमको स्थिती हुन थालेको थियो । उनले स्लम यात्रा श्रृंखलामा एक कार्यक्रममा स्टेजमा जान अस्वीकार गरे । तलवारले आफ्नो निवेदनमा उनलाई त्यो दिन ‘एन्जाइटी एट्याक’ भएको र होटलको कोठामा नै बन्द भएको उल्लेख गरेकी छन् । उनले हनीलाई शान्त हुने प्रयास गर्न र आराम गर्न सुझाइन् र यो व्यावसायिक सम्झौता भएको कारणले केही समय पछि स्टेजमा जानको लागि हौसला प्रदान गरेकी थिइन् । तर हनीले यो कुरा सुनेपछि आफूलाई कुट्न र दुर्व्यवहार गर्न थालेको आरोप तलवारको छ । हनी विरुद्ध अगस्ट ३ मा मुद्दा दर्ता भएको छ । ‘यो यो हनी सिंह’ ले शालिनीसँग सन् २०११ को जनावरी २३ मा गुपचुप विवाह गरेका थिए । उनीहरुको २ दशकदेखि प्रेम सम्बन्ध रहेको थियो । शालिनीले हनीले आफ्नो दर्शक, फ्यानको अगाडि आफू विवाहित हुँ भनेर कहिले पनि नदेखाएको आरोप पनि लगाएकी छन् ।

तपाईको प्रतिक्रिया