राधिकाको अश्लीलता

बलिउड अभिनेत्री राधिका आप्टेलाई चलचित्रको माध्यमले अश्लीलता फैलाएको आरोप लागेको छ । उनि अभिनीत नयाँ चलचित्र आउन लाग्दा ट्वीटरमा उनको आलोचना हुँदै ‘ह्यासट्याग बोइकटराधिकाआप्टे’ चलेको हो । भारतको ट्वीटर ट्रेन्डिङमा उनको नाम परेको छ । तर यो उनको आउन लागेको चलचित्रको बारेमा हैन, उनले अभिनय गरेको चलचित्रले अश्लीलता फैलाएको भन्दै उनलाई ट्रोल गरिएको हो । उनलाई भारतको सँस्कृति विरुद्ध काम गरेको आरोप लगाइएको छ ।
सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र ‘पार्चड’ मा अप्टेलाई ‘बोल्ड’ अवतारमा देखाइएको छ । यो चलचित्र महिलाको यौनिकताको बारेमा बनाइएको छ । राधिकाको यही चलचित्रको एउटा दृश्यलाई राख्दै उनीलाई ट्रोल गरिएको छ ।

तपाईको प्रतिक्रिया