तरकारीमा झरीले व्यापक क्षति

केही दिनदेखिको झरीले सर्लाहीका किसानले फलाएको तरकारी बालीमा व्यापक क्षति पु¥याएको छ । डुबानमा परेर तरकारी कुहिन थालेको किसानहरुले गुनासो गरेका छन् । लौका, काक्रो, खुर्सानी, झिङनी लगायतका तरकारी बालीमा झरीले क्षति पु¥याएको हो । पानीमा धेरै दिनदेखि डुबेकाले हरेक तरकारीको बोट मर्न थालेको लालबन्दी नगरपालिका–१३, पत्थरकोटका किसान अष्ट लामाले बताउनुभयो ।
जिल्लामा पत्थरकोट, हीरापुर, रानिगन्ज, सासापुर, अत्रौली, नवलपुर, चन्द्रनगर, बरहथवा लगायत क्षेत्रका किसानले लगाएको तरकारी बालीमा वर्षाले क्षति गरेको हो । यस वर्ष अत्यधिक झरी परेर तरकारी बालीमा पटक–पटक नोक्सान पु¥याइरहेको किसानहरुले गुनासो गरेका छन् । झरीका कारण यहाँका किसानले गोलभेँडाको बीउ राख्न पाएका छैनन् । निरन्तर पानी परेकाले गोलभेँडाको बीउ राख्न ढिलो भएको हरिवन नगरपालिका–२, अत्रौलीका किसान बाबुलाल दोङले बताउनु भएको छ ।
यस्तै, झरीले गर्दा तरकारी उत्पादन घटेपछि सर्लाहीका बजारमा हरियो तरकारीको मूल्य बढेको छ । उत्पादन घटेको समयमा मूल्य बढ्दा किसानलाई केही राहत मिलेपनि उपभोक्ता भने महँगीको मारमा परेका छन् । लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बजारमा अहिले ताजा हरिया तरकारी कम भित्रिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया