जसपाले मन्त्रीको बारेमा छलफल गर्दै

काठमाडौँ असोज १९ गते । सत्तारुढ दलको पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि ती दलहरु आआफ्नो पार्टीमा मन्त्रीचयनका लागि जुटेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टी संसदीय दलको बैठक जारी रहेको छ । स्रोतका अनुसार बैठकले मन्त्री नामावलीको बारेमा टुगों लगाउने भएको छ ।

पार्टीमा मन्त्रीका आकाँक्षि थुप्रै भएको कारण त्यसको बारेमा संसदीय दलमा छलफल गरेर त्यसको बारेमा टुगों लगाउने अधिकार केही नेतालाई दिइने सम्भावना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया