जसपाले पायो चार मन्त्रालय, उपेन्द्र यादव सरकारमा नजाने

काठमाडौँ असोज १९ गते । पाँच दलीय गठबन्धनमा जनता समाजवादी पार्टी नेपालले चारवटा मन्त्रालय पाएको छ । जसपा स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ ।
यी चारवटै मन्त्रालयमा को को मन्त्री जाने विषयमा टुगों लगाउने जिम्मेवारी उपेन्द्र यादवलाई दिएको छ । उपेन्द्र यादवले मन्त्रीको नाम टुगों लगाउने बेला अन्य शीर्ष नेताहरुसँग पनि छलफल गर्न सक्नुहुन्छ ।

आज बसेको जसपा संसदीय दलको बैठकले उपेन्द्र यादवलाई सो जिम्मेवारी दिएको हो । भागबण्डामा जसपालाई उपप्रधानमन्त्री नपरेको कारण अध्यक्ष यादव स्वयं आफै सरकारमा नजाने लगभग निश्चित भएको स्रोतले दावी गरेको छ । अध्यक्ष यादवले भोली कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

 

तपाईको प्रतिक्रिया