माओवादी केन्द्रले टुग्यांयो चार मन्त्रीको नाम

काठमाडौँ असोज २० गते । नेकपा माओवादी केन्द्रले चारजना मन्त्रीको नाम टुगों लगाएको छ ।
आज बसेको माओवादी स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवको नाम टुंगो लगाइएको हो ।
पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् ।

यस्तै बोधमाया यादव माओवादीको जययुद्धकालीन सहित रामवृक्ष यादवको छोरी हुनुहुन्छ । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ४ मन्त्रीको टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा आएका सबै मन्त्रीको नाम टुंगो लगाएको छ ।

तपाईको प्रतिक्रिया