उपेन्द्रले मधेशभित्र सन्तुलन बनाउन चुके

-सीताराम अग्रहरी
उता माधवहरुले मेटमणि चौधरीहरुको उपेक्षा गरे, यता उपेन्द्रहरुले प्रमोद साह, अमृताहरुलाई छाडे । कांग्रेस र माओवादीहरुका कुरै नगरौ । उनीहरुको सूची हेर्दा आजपनि एकल जातीय राज्यको परिकल्पनाबाट ती उक्लिन नसकेको, नचाहेको छर्लङग देखिन्छ ।

देश नयाँ प्रारुपमा अगाडि बढेपनि सोच पुरानै छ, हातीका देखाउने दाँतझै । बीपीकालीन कुरा अर्कै थियो । उनी सम्भवत सारा देश सोचदथे । उनी पुरानो युगमा पनि नया ढंगले सोच्थे तर आज बीपीका चेलाहरू नयाँँ युगमा पनि पुरानो ढंगले सोचिराखेका छन् । टाढा जानु पर्दैन । हिन्दू धर्मकै बारेमा क्रन्तिकारी बीपीका भ्रान्तिकारी छोराको अडान हेर्दा पुग्छ । अझ, भीम बहादुर तामांगले पहिचान पनि भेट्ने द्वन्दपनि मेट्ने भनेर सबै समेट्ने लिएको लाईन उहिल्यै बागमतिमा मिलक्याइसक्यो ।

माधव नेपाल जसरी ओलीको निरंकुशताविरुद्ध खडा भए सलाम ठोक्न मन लाग्छ । तर यो मन्त्रीमण्डल मान्छे पठाउने उनको जुन दृष्टिकोण देखियो, स्पष्ट छ, उनी ओलीका विपक्षीबाहेक धेरै थोक हैनन् । र माओवादी, माओवादीको छनौट खन्यो पहाड निस्क्यो मुसोबाहेक देखिएन । अब यो भन्न जरुरी भइसक्यो, नेपालमा अहिले कुनै वैकल्पिक शक्ति छैन । नेपाली कांग्रेसका नेताहरुले जति फूई गरेपनि, नेपाली कांग्रेस बीपीको क्रन्तिकारी मध्यममार्गी पार्टी हैन । गफ छाटेर कांग्रेसले भोलि चुनाव जित्न सक्ला, देश जित्नसक्ने बाटो छैन यसको ।

जसले जे भनेपनि उपेंद्र पक्षधरहरुका मानिसहरु जोडदामात्र यो मन्त्रीमण्डल बढी समावेशी देखिन्छ । यसमा देउवा, दाहाल, नेपाल हरुको भने कुनै कमाल छैन । तर उपेन्द्रहरूपनि अतः मधेशभित्र सन्तुलन बनाउन चुके । चारमा तीन मन्त्री यादव । रामरिझान यादवले आज यादवहरूलक्षित आँखा खोल्ने स्टेटस फेसबुकमा पोस्ट गरे ।

उपेन्द्रलाई किन यति प्रो.यादव हुनुपरेको होला । उनको पार्टी पटक पटक फुटाउनमा यादवहरुको कम्ता हात छैन तापनि यादव नै यादव हाल्नै पर्ने । प्रमोद साहको नाम अन्त्य समयमा किन र कसरी काटियो, विवेचना हुँुदै गर्ला तर भारत पञ्जावमा अमरिंदर र सिद्धू दुइटैलाई आउट गरि कांग्रेसले जुन साहस देखायो उपेन्द्रले गर्न सकेन ।
(फेसबुकबाट)

तपाईको प्रतिक्रिया