लोसपालाई मधेशको मुद्दा लिएर अगाडि बढ्न सुझाव

सप्तरी असोज २८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दशैंको मौका छोपी संगठन विस्तारको काममा लागेको छ । हालै जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन गर्नुभएका नेताहरु अहिले दशैंमा आआफ्नो गाउँ तथा क्षेत्रमा पुग्नु भएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेटेर दशैंको शुभकामना अदान प्रदान गर्नुको साथै संगठन विस्तारको काम समेत गरिरहनु भएको छ । गाउँ तथा क्षेत्र पुग्नु भएका लोसपाका नेताहरुले सदस्यता वितरण गर्नुदेखि लिएर नव प्रवेशीहरुलाई पार्टीमा समेत भित्र्याइ रहेका छन् ।

लोसपाका केन्द्रीय सदस्य डा.शरदसिंह यादव पनि दशैंको मौका पारेर आफ्नो गृहजिल्ला सप्तरी पुग्नु भएको छ । उहाँ आफ्नो गाउँ तथा क्षेत्रका कार्यकर्ता तथा नेताहरु भेटघाट गरी शुभकामना आदान प्रदान गर्नुको साथै पार्टी संगठन विस्तारको काम पनि गरिरहनु भएको छ ।

भर्खर पार्टी विभाजनको पीडा भोग्नु भएका नेता तथा कार्यकर्ताहरुलाई पार्टी विभाजनको यथार्थ जानकारी गराउँदै नेता यादवले अगामी दिनमा लोसपा कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि छलफल गर्नुभएको छ ।

लोसपाप्रति जनताको आकर्षण बढेको छ, जसपाबाट अलग भएर नयाँ पार्टी बनाए पनि जनताको अपार समर्थन र झुकार रहेको बताउँदै उहाँले तर सबैको एउटै प्रश्न रहेको छ कि जसपा किन बनाउनुभयो र फेरि त्यसलाई किन फोड्नु भएको भनि प्रश्न गर्ने गरेको बताउनुभयो । नेता यादवले भन्नुभयो, जसपा बन्दा उत्साहित भएका जनता अहिले केही उदास भएका छन् । सुरुमा एकीकरण नै गर्नुहुँदैन्थ्यो, मोर्चा वा गठबन्धन बनाएर सहकार्य गर्नुपथ्र्यो तर जवर्जस्ती एकीकरण गर्नुभयो आज त्यही पार्टी विभाजन गर्नुभयो भनि जनताको गुनासो रहेको छ ।’

यद्यपी अहिले लोसपाले जनताको मुद्दा लिएर अगाडि बढी रहेकोमा जनताले सन्तोष प्रकट गरेको उहाँले बताउनुभयो । जसपा सत्ताको राजनीतिमा लागि सकेको छ भने लोसपा मुद्दाको राजनीतिकमा कायम रहेको धारणाहरु आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, जनताले लोसपालाई मधेशको मुद्दालाई लिएर अगाडि बढ्न सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया