लोसपाद्वारा संयमता अपनाउन आह्वान

सुनसरी असोज २९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सुनसरीले समाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ ।
लोसपा सुनसरीका अधयक्ष रामनारायण यादव र सचिव अनुप सुब्बाले संयुक्त रुपमा आज जारी गर्नुभएको विज्ञप्तिमार्फत सुनसरी प्रहरीको हिरासमा भोक्राहा नरसिंह गापा ५ का मोहम्मद हकिम शाहको मृत्युले जिल्लामा उत्पन्न परस्थितिलाई मध्यनजर गर्दै सो पार्टीले संयमता अपनाउन आह्वान गरेको छ ।

हिरासमा भएको मृत्युका कारण आन्दोलनलगायतको कारण समाजिक सद्भाव खल्बलिन सक्ने र त्यसबाट जिल्लामा उत्पन्न हुन सक्ने परस्थितिको बारेमा आफूहरुको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । सो मृत्युको बारेमा छानविन गर्नका लागि एउटा समिति गठन भइसकेको छ । यद्यपी छानविनबाट जो दोषी देखिनेछ, त्यसलाई कारवाही हुनेमा लोसपाले आशंका व्यक्त गरेको छ ।

यद्यपी मृतकको पक्षबाट भएको आन्दोलनमा सचेत नेतृत्वको अभाव रहेको उल्लेख गर्दै लोसपाले त्यसको फाइदा अवान्छित तथा अराजक तत्वले उठाइरहेको समेत उल्लेख गरेको छ । आन्दोलनको आडमा अराजक तत्वले महिला प्रहरीमाथि गरेको आक्रमण र इनरुवा ९ निवासी विष्णु खत्वको घरमा गरेको आक्रमणको पनि लोसपाले निन्दा गरेको छ । लोसपाले त्यसको पनि छानविन हुनेपर्ने माग गरेको छ ।

मृतक पक्षको आक्रमक प्रदर्शनबीच प्रशासनले देखाएको संयमताका कारण ठूलो घटनाबाट बचेको भन्दै लोसपाले त्यसका लागि प्रशासनलाई धन्यवाद पनि दिएको छ । यद्यपी लोसपाले यही बहानामा हिरासतमा भनिएको आत्महत्या कण्डको समान्यीकरण गर्न नमिल्ने उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया