जनकपुरमा रावणको वध

जनकपुर असोज २९ गते । जनकपुरमा रावण वध कार्यक्रम सम्पन्न भएको छ । भगवान् रामको ससुराली मानिने जनकपुरमा रावणवद्ध कार्यक्रम हेर्न सर्वसाधारणको भिड थियो । १४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोको खुसीयालीमा जनकपुरमा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना हुँदै आएको छ ।

जनकपुरस्थित धनुषसागर र गंगासागरको तलाउ बीचमा रहेको डिलमा ५२ फिटको रावणको प्रतिमा बनाइएको हुन्छ । रावणको सो प्रतिमालाई धनुषवाणले हानेर ध्वस्त गर्छन् र त्यसलाई रावण वध भन्ने गरेको छ । यस वर्ष राम मन्दिरका पुजारी राम गिरीले रावण वध गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया