विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश

सर्लाही असोज ३०–सर्लाहीमा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सर्लाही क्षेत्र नम्बर २ कविलासी नगरपालिका कलासिक गाउँमा आज जसपा नेपालले आयोजना गरेको कार्यक्रममार्फत प्रवेश गरेका छन् ।

नव प्रवेशीलाई जसपा नेपालका कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले टीका लगाएर स्वागत गर्नुभयो । कृषि मन्त्री यादवले जसपा नेपाल देशको वैकल्पिक शक्ति बन्दैछ, त्यसमा सबैलाई गोलबन्द हुन आग्रह गर्नुभयो । देशमा परिवर्तनका लागि संघर्ष गर्दै आएको जसपा नेपालको संघर्षले नेपालमा संघीयता सम्भव भएको हुनाले त्यसलाई संस्थागत गर्न र बलियो बनाउन अझ संघर्षको आवश्यकता रहेको उहाँलेब ताउनुभयो ।

कार्यक्रममा प्रदेश २ का वन मन्त्री रामनरेश राय यादव, प्रदेशसभा सदस्य संजय यादवलगायत जसपा नेपालका अन्य नेता तथा कार्यकर्ताको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया