ओलीको प्रतिगमनलाई विरोध गर्ने पहिलो पार्टी जसपा हो–मन्त्री यादव

सिरहा असोज ३० गते । जनता समाजवादी पार्टी नेपालका कार्याकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यतायात मन्त्री रेणु यादवले एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको प्रातिगामी कदमलाई सबभन्दा पहिले जसपा नेपालले विरोध गरेको बताउनु भएको छ ।
काठमाडौँबाट गृहजिल्ला सप्तरी जाने क्रममा सिरहामा मधेश आन्दोलनका सहिद रमेश महतोको सालिकमा मल्यार्पण गरेपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै उहाँले प्रधानमन्त्री रहेको बेला केपी शर्मा ओलीले जनताले बनाएको संसदलाई दुई पटक विघटन गर्नुभएको थियो तर त्यसलाई सबभन्दा पहिले जसपा नेपालले विरोध गरेर संसदलाई जोगाएको दावी गर्नुभयो । हुन त काँग्रेस र माओवादी केन्द्रका नेताहरुले पनि सबभन्दा पहिले आफूहरुले विरोध गरेको दावी गरीरहनु भएको छ तर त्यसमा कुनै सत्यता नरहेको बताउँदै उहाँले ओलीले संविधान विपरित कार्य गरेको बताउनुभयो ।

देशको परिवर्तनमा लहानले दिएको योगदानलाई कहिले विर्सन नसकिने बताउँदै मन्त्री यादवले देशको संसद र संविधानलाई जोगाउने काम पनि लहानले गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया