पूर्वमन्त्री जितेन्द्र सोनलले लगाउनु भयो नेता तथा कार्यकर्तालाई टिका

बारा असोज ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं लोसपा प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका नेता तथा कार्यकर्तालाई टिका लगाएर आशिर्वाद दिनुभयो । उहाँले पनि अग्रजहरुबाट टिका ग्रहण गर्नुभयो ।

टिका लगाउनका लागि बाराको सिमरामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा लोसपाका अर्का कार्यकारिणी सदस्य एवं संघीय सांसद अकवाल मियाँको पनि उपस्थिति थियो । प्रदेश २ का पूर्वमन्त्री समेत रहनु भएका नेता सोनलले दशैंको अवसरमा नेता तथा कार्यकर्ताहरुलगायत अन्य जनसमुदायलाई शुभकामना पनि दिनुभयो ।

यसप्रकारको चाडपर्वले समाजलाई एकताको सुत्रमा बाँध्ने गरेको र त्यसले समाजलाई सकारात्मक परिवर्तन गर्ने गरेको उहाँले बताउनुभयो । सँस्कृति, चाडपर्वले मानव जीवनलाई जिवन्त राख्ने गर्छ, र त्यसलै सबैमा एकप्रकारको शक्ति प्रदान गर्ने भएकाले चाडपर्वप्रति जनसमुदायको आस्था बढ्दै गएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया