रेडक्रशद्वारा अग्नीपीडितलार्इ राहत वितरण

सुनसरी असोज ३० गते । सुनसरी भोक्राहा नरसिंह गाउपालिका–८ का अग्नीपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह गाउपालिकाले एक कार्यक्रमको आयोजना गरेर अग्नीपीडित स्थानीय इसराफिल अन्सारीको परिवारलाई राहत वितरण गरेको उपशाखा सभापती युवराज दाहालले जानकारी दिनुभयो ।

त्रिपाल एक, कम्वल दुई थान, भाडावर्तन एक सेट, परिवारका सदस्यका लागि लत्ताकपडालगायतका विभिन्न सामग्री प्रदान गरिएको छ । गएराति भोक्राहा–८ का इसराफिल अन्सरीको गाई गोठमा आगलागी हुँदा तीन लाख ६४ हजार बरावरको क्षति भएको थियो । आगलागीमा चौपाया, गोठ र त्यहाँ रहेका विभिन्न सामग्री जलेर नष्ट हुँदा सो मूल्य बरावरको क्षति भएको थियो । गाईवस्तुलाई लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको थियो ।

तपाईको प्रतिक्रिया