सर्लाहीमा लोसपाको कार्यक्रम

सार्लही कात्तिक ९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आजदेखि सुरु भएको चार दिने सर्लाही जिल्ला स्तरीय शुभकामना आदानप्रदान तथा नेता कार्यकर्ता भेट्घाट कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य अनिलकुमार झा, चन्दा चौधरी, प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतो, पार्टीका नेता मनिष मिश्र, राकेश मिश्र, रामकिशोर सिंहलगायतका नेताहरु सर्लाही पुग्नु भएको छ ।

आज पहिलो दिनको शुभकामना अदान प्रदान कार्यक्रम सर्लाहीको बरहथबालगायतका ठाउँहरुमा सम्पन्न भयो । सर्लाही जिल्लाका चारवटै चुनावी क्षेत्रमा कार्यक्रम हुने भएको छ । शुभकामना अदान प्रदान कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई सदस्यता वितरण गर्नुको साथै पार्टी प्रदेश गराउने कार्यक्रम पनि रहेको छ ।

तपाईको प्रतिक्रिया