बाढीबाट पिडित किसानलाई राहत दिने सरकारको निर्णय

काठमाडौँ कात्तिक ११ गते । बाढीबाट धानबालीमा क्षति भएको किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले १० कठ्ठासम्म भएका साना किसानलाई उत्पादन लागतको ६५ राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रति कठ्ठा एकहजार ९२१ रुपियाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निर्णय भएको छ ।

११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको ३० प्रतिशत राहतको व्यवस्था गर्ने भएको छ । त्यस्तै सो किसानलाई प्रति कठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० रुपियाँ राहत स्वरुप नगद दिने निर्णय गरेको छ ।

ठूला किसान जसको ४० कठ्ठाभन्दा बढी छन् । त्यसलाई प्रति कठ्ठा ५९१ रुपियाँ तथा प्रति विघा ११ हजार ८२० रुपियाँ पिडित किसानलाई दिने निर्णय गरेको छ । ठूला किसानका साथै सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत दिने भएको छ । कृषि मन्त्रालयका अनुसार सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत दिने निर्णय गरेको छ ।

सरकारले एक लाख ११ हजार हेक्टरका लागि पाँच अर्ब ५२ करोड रुपियाँ राहत वितरण गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया