काँग्रेसप्रति उपेन्द्र यादवको असन्तुष्टि

काठमाडौँ कात्तिक १३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका प्रमख दल काँग्रेसप्रनि असन्तुष्टि जनाउनु भएको छ । पार्टीनिकट गैरभौगलिक विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै उहाँले गठबन्धनको सरकार भएपनि काँग्रेसले एकलौटी रुपमा काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, काँग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्न निकै कठिन छ ।’

काँग्रेसले सरकारको नेतृत्व पटक पटक लिएपनि विकृतिबाहेक अरु केही नगरेको गुनासो उहाँले गर्नुभयो । सत्ता गठबन्धनमा हामी पनि छौं तर सरकारको नेतृत्व गरेको काँग्रेसले हामीलाई कुनै जानकारी नदिइकन आफ्ना मान्छेलाई मात्र नियुक्ति गरिरहेको छ, उहाँले भन्नुभयो, काँग्रेसले यो कुरामा सुधार गर्नुपर्ने हुन्छ ।’ आफ्नो पार्टी सरकारमा रहेर जनताको हितमा काम गर्ने बताउँदै अध्यक्ष यादवले यसमा पार्टीका हरेक पक्षको सहयोग हुनु आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया