माओवादी केन्द्रले प्रदेशका आठ जिल्लामा तोक्यो संयोजक (नामावलीसहित)

धनुषा कात्तिक २० गते । माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समितिको संयोजक चयन गरेको छ । प्रदेश २ को प्रदेश समितिको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुगांना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको सयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकिएको छ । वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकेको छ ।

तपाईको प्रतिक्रिया