गाउँ र शहरका बोक्सी (सम्पादकीय)

बोक्सी टुनामुना वास्तवमा छ कि छैन भने कुरा कसैले प्रमाणित गर्न सकेको छैन । तर यो समाजका लागि अभिसाप बनेको छ । यो २१ औं शताब्दीको युगमा पनि बोक्सी, डायन, टुनामुनालाई समाजका मान्छेले अपनाएका हुन्छन् । अन्धविश्वास गरेर त्यसको पछि लागेको देखिन्छ । यो बोक्सी, धामी झाँक्रिको पछाडी गाउँघरका निरक्षर मात्र होइन, ठूला ठूला शहरका कहलिँदा व्यक्तिहरु पनि त्यसको पछि लागेका हुन्छन् । त्यसका लागि उनीहरुले करौडो रुपियाँ खर्च गरेका हुन्छन् ।

फरक यति हो कि ग्रामिण क्षेत्रमा देखिने बोक्सी, टुनामुना, धामी झाँक्रिको कुरा छिट्टै बाहिर आउँछ तर शहर बजारमा त्यसलाई दवाएर राखेका हुन्छन् । शिक्षित व्यक्ति अन्धविश्वासको पछाडी शिक्षित रुपमै लागेका हुन्छन् । उनीहरुले इज्जत प्रतिष्ठाका कारणले पनि अन्धविश्वासका कुरा कम्पाउण्ड भन्दा बाहिर जान दिँदैनन् । तर गाउँघर अर्थात ग्रामिण क्षेत्रमा त्यस्ता कुरालाई धेरै बेरसम्म लुकाउन सक्दैन । छिमेकीको घरमा छोरालाई ज्वरो लाग्यो भने अर्को छिमेकीलाई बोक्सीको आरोप लगाउँदै झगडा गर्न जान्छ ।

कुटपिट गर्छन् । मलमुत्र खुवाउँछन । गाउँमा पञ्चायत बस्छन् । मिलापत्रका लागि एक पक्षले अर्को पक्षलाई दवाव दिएका हुन्छन् । हुँदा हुँदै त्यो घटना एककान दुई कान मैदान हुन्छ । फैलिदै जान्छ । प्रहरीमा उजुरी पर्छ । अदालतमा मुद्दा हालिन्छ । विस्तारै विस्तारै यस्तो विकराल रुप लिन्छ कि गरिब तथा मध्यवर्ग समाज बदनामले थिचिन्छ । काठमाडौको गल्ली गल्लीमा त्यस्ता तन्त्रमन्त्र गर्ने थुप्रै पसल खुलेका छन् । विभिन्न माताहरुले झारफुक गरिरहेका हुन्छन् । त्यहाँ विभिन्न भूतप्रेतबाट छुट्कारा दिलाउने प्रयास भइरहेका हुन्छन् ।

कतिपयलाई छुटकारा दिलाएर घर पनि पठाएका हुन्छन् । ती झारफुक गर्ने माताहरुमा ठूल्ठूला घरानाका व्यक्तिहरु पुगेका हुन्छन् ।

तर त्यसलाई कुनै अन्धविश्वासी बोक्सी भनेर कसैले गाली गर्दैन । कसैले मलमुत्र खुवाउँदैनन । कसैले पनि कपाल मुण्डन गर्दैनन् । कसैले पनि मुण्डन गरेर गाउँमा घुमाउँदैनन् । तर गाउँघरमा यस्ता कोही जन्त्रमन्त्र जानेका व्यक्ति फेल पारेका छन् र उसको नजर परेपछि राती कसैलाई ज्वरो आयो भने पुरै समाज उसलाई दण्ड दिन्छन् । चाहे त्यो बोक्सी होस् या नहोस् । जन्त्रमन्त्र जानेको होस् या नहोस् ।

कसैले पनि त्यसको बारेमा खोजनीति तथा अनुसन्धान गर्दैनन् । शहरवजारमा घरभाडामा वा आफ्नै घरमा बोक्सी अर्थात झरफुक, तन्त्रमन्त्रीका लागि अफिस नै खडा गरेका हुन्छन् । बोर्ड नै झुण्ड्याइएका हुन्छन् । के त्यहाँ वरपर वा त्यो घरमा कसैलाई ज्वरो आउँदैन वा केही विसन्चो हुँदैन? पक्कै पनि हुन्छ तर शहरकाले थाह पाएपछि त्यसलाई भित्रभित्रै सल्टाउँछन् वा त्यसप्रति वास्ता नै गर्दैन तर गाउँघरमा तुरुन्तै होहल्ला हुन्छ ।

मुलमुत्र खुवाएर गाउँ परिक्रमाको तयारी एकछिनमै हुन्छ ।सिरहाको औरही गाउँपालिका– ५ का ५० वर्षीया हिरादेवी साहले गाईलाई टुनामुना गरेको भन्दै २०७८ बैशाख ४ गते उहाँलाई जेठाजु, बुहारी र भतिजाहरूले मलमूत्र खुवाई कुटपिट गरेका थिए । घटनालगत्तै गाउँमै मिलापत्र गर्न खोजिएको थियो । हिरादेवीन्याय खोज्न प्रहरीमा जानु भयो तर त्यहाँ पनि उहाँमाथि अन्याय नै भयो । केहीपछि प्रहरीले जाहेरी दर्ता गरी एक आरोपीलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको थियो । अर्थात हिरादेवीले गाईलाई टुनामुना गर्नुभयो कि भएन ? वास्तवमा हिरादेवी बोक्सी हुनुहुन्छ कि हुनुहुन्न भनि कसैले खोजबिन गरेनन् । सामूहिक रुपमा उहाँमाथि ज्यादती भयो ।
पछि हिरादेवीले प्रहरीमा उजुरी गरेपछि एकजनालले पक्राउ गर्यो । अझै उनी जेलमै छन् । परिवारका अन्य सदस्यहरु भागी भागी हिडिरहेका छन् । एउटा अन्धविकासको पछि लागेको कस्तो अवस्था सृजना भयो यो एउटा उदाहारण मात्र हो । यस्ता सैयौं उदाहरणहरु छन् । यदि ती महिला साँच्चै बोक्सी भएको भए कुटाई खाएपछि आफ्नो जादुले सबैको सर्वनाश गर्थे । लाठीले हान्नेलाई जादुले मार्थे होला । तर बेस्सरी कुटाइ खाएपनि उ चुँई बोल्न सक्दैन ।

बोक्सीको आरोपमा भएको हिंसाविरुद्ध पछिल्ला चार वर्षमा प्रहरीमा १८६ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये सबभन्दा बढी ७९मुद्दा प्रदेश २ मा नै परेका छन् । लुम्बिनीमा २६, प्रदेश १ मा २३ बागमतीमा २२ मुद्दा दर्ता भएका छन् । बागमती प्रदेशमा पर्ने काठमाडौं उपत्यकामा एउटा मात्रै मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमाउल्लेख छ ।

त्यस्तै, सुदूरपश्चिममा १३, कर्णालीमा १० र गण्डकीमा १२ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रदेश २ मा सबभन्दा बढी मुद्दा देखिनु अन्धविश्वास, अशिक्षा, गरिबी, वेरोजगारी हुनु हो । प्रदेश २ को अवस्था कर्णालीभन्दा खराब छ । प्रदेश २ को स्वास्थ्य, शिक्षा तथा रोजगारीको अपूगा कर्णालीभन्दा खराब रहेको छ । त्यसले गर्दा अन्धविश्वास, अड्डा अदालत र प्रहरी प्रशासनमा विश्वास गर्छ । जेमा पनि झगडा, जेपनि पनि प्रहरी प्रशासन, जेपनि अड्डा अदालत नै जान्छन् । घरमा केही भयो भने अरुमाथि अनेक आरोप प्रत्यारोप गरेर बसेका हुन्छन् तर त्यसबाट उम्किने प्रयास गरेको हुँदैन ।

तपाईको प्रतिक्रिया