प्रचण्डसँग सल्लाह गरेरै रामचन्द्र झाले छाड्नुभयो माओवादी केन्द्र

काठमाडौँ कात्तिक २४ गते । माओवादी केन्द्रका नेता रामचन्द्र झाले सो पार्टीका अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर नै पार्टी छाड्नु भएको छ । माओवादी केन्द्र छाडेर उहाँ माधव कुमार नेपाल अध्यक्ष रहनु भएको नेकपा (एकीकृत समाजवादी) मा जाने निश्चित भएको छ । उहाँले आफू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर नै सो पार्टी छाडेको बताउनुभयो ।

पार्टीको बैकठमै अध्यक्ष प्रचण्डले आफूल पार्टी छाड्न लागेको कुरा बताउनु भएको थियो । नेता झा एमाले, नयाँ शक्ति हुदै माओवादी केन्द्रमा पुग्नु भएको थियो ।

‘नेता झा एक साताअघि पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा आएर अध्यक्षलगायतका नेताहरुसँग हात मिलाएर नै सो पार्टी छाड्नु भएको हो । माओवादी केन्द्रले सहमतिमै झाले पार्टी छोडेको बताएपनि उहाँ पछिल्लो समय प्रदेश २ समिति गठन हुँदा असन्तुष्टी जनाउँदै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया