पशुपतीनाथदेखि काशिविश्वनाथसम्मको मोटरसाइकल यात्रा

काठमाडौँ कात्तिक २६ गते । नेपालस्थित भारतीय राजदूतावासले विहिवारदेखि “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली” सुरु गरेको छ ।, पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले सुरु गर्नुभएको र्याली आज भारतको मोतिहारी भन्दा अगाडि बढी सकेको छ ।

मोतीहारी जिल्लामा त्यहाँका जिल्ला प्रशासकीय प्रमुखले र्यालीमा सहभागी युवाहरुलाई स्वागत गर्नुको साथै यात्राको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । र्याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी पनि पुगेको थियो ।

दूतावासका अनुसार ¥यालीामा करिव ५० नेपाली तथा भारतीय युवा मोटरसाइकल लिएर सहभागी भएका छन् । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यो ¥यालीको आयोजना गरिएको दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि ¥यालीको रहेको बताइएको छ ।

कार्यक्रम सुभारम्भपछि मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा धारयाा राख्नुको साथै मोटरसाइकल ¥यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिनुभएको थियो । भारतीय राजदूत क्वात्राले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे धारणा राख्नु एको थियो ।

¥यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने बताइएको छ ।


यात्राका क्रममा ¥याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै यात्रा तय गर्नेछ । स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस ¥यालीको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया