झाको कृति ‘व्योमक ओहि पार’

पत्रकार एवं साहित्यकार धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ । कात्तिक २९ गते एक कार्यक्रमका बीच पत्रकार झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले सो पुस्तक संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । पत्रकार झाले ११२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशन नेपालवाणी मिडिया ग्रुप प्रालिले गरेको हो ।

यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसक्नु भएका पत्रकार झाले मैथिली भाषामा पहिलोपटक तांका सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरेको बताउनुभयो । पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनु भएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी (कविता सङ्ग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकु सङ्ग्रह) र धुवाँएल आकृतिसभ (छौक सङ्ग्रह) प्रकाशित भइसकेका छन् । यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया