प्रियंका चोपडाको इङ्गेजमेन्ट औँठीको दाम कति ?

अभिनेत्री प्रियंका चोपडाको विवाह कति शानदार तरिकाले भएको थियो, यो त सबैलाई थाहा नै छ । विवाहको पहिरनदेखि औंठीसम्म प्रियंकाले निकै महँगा सामान लगाएकी थिइन् । हालै एक अन्तरवार्तामा प्रियंकाले उनको इन्गेजमेन्ट गर्दाको औंठीको मूल्य २.१ करोड रुपियाँ (भारतीय रुपियाँ) भएको बताएकी थिइन् । अन्तरवार्तामा प्रियंकालाई उनको सबैभन्दा मूल्यवान गहना कुन हो भनेर सोधिएको थियो । प्रश्नमा जवाफ दिने बेलामा उनले हाँस्दै भनेकी थिइन्, ‘यदि मैले मेरो इन्गेजमेन्टको औंठीको नाम लिइनँ भने मेरा श्रीमान् निक जोनसले मलाई मार्नेछन् । हुन त यो औंठीसँग मेरा थुप्रै याद जोडिएका छन्, त्यसैले पनि म यसैको नाम लिन चाहन्छु ।’

रिपोर्टका अनुसार निक जोनसले आफ्ना साथीको मद्दतले प्रियंकाका लागि औंठी लिएका थिए । प्रियंकाले आफ्नो इन्गेजमेन्टको औंठी टिफनीको हुनुपर्छ भनेको निकले सुनेका थिए । योसँग उनको पिताको निकै गहिरो सम्बन्ध पनि भएको निकले बताए । उनले भने, ‘प्रियंकालाई विवाहको प्रस्ताव राख्ने सोच बनाएपछि मैले आफ्नो साथीलाई तत्काल बोलाएँ र टिफनी स्टोरमा गएर उनका लागि औंठी छानेँ ।’

उक्त अन्तरवार्तामा प्रियंकालाई अन्य प्रश्न पनि सोधिएको थियो । उनलाई ‘तपाईंका लागि ‘स्वर्ग’ के हो’ भनेर सोधिएको प्रश्नलाई उनले निकै सुन्दर तरिकाले जवाफ दिइन् । उनले भनिन्, ‘मेरा लागि स्वर्ग मेरो घर हो । यहाँ मेरा परिवारका सदस्य र साथी सबैसँग बस्न सक्छु ।’

तपाईको प्रतिक्रिया