शिल्पा शेट्ठीलाई फेरि अर्को तनाव

नितिन बरई नामक एक व्यक्तिले आफूलाई ठगी गरेको भन्दै बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान् राज कुन्द्रविरुद्ध मुम्बई थानामा मुद्दा दर्ता गरेको छ । नितिनले १.५१ करोड रुपैयाँ ठगी गरेको भन्दै दम्पतीविरुद्ध मुद्दा दर्ता गराएका छन् । यसकारण शिल्पा र राज पुनः खबरमा छाएका छन् । तर, यसबारे आफूलाई केही थाहा नभएको भन्दैँ शिल्पा शेट्टी सोसल मिडियामा बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘बिहान उठ्ने बित्तिकै म र राजविरुद्ध एफआईआर दर्ता भएको थाहा भयो । मलाई यो कुराले झट्का दियो । म भन्न चाहन्छु कि एसएफएल फिटनेस एउटा भेन्चर हो जसलाई काशिफ चलाउन चाहन्थे । उनले यो ब्रान्ड नामबाट देशभरी फिटनेस जिम खोल्नका लागि राइट्स लिएका थिए ।

सबै सम्झौतमा उनैले हस्ताक्षर गर्दथे र उनैलाई यसको जिम्मा दिइएको थियो । हामीलाई न त कुनै कारोबारबारे थाहा छ, न उनीसँग कुनै पैसा लिएका छौं ।’ नितिनको ऊजुरीपछि बान्द्रा प्रहरीले शिल्पा शेट्टी, राज कुन्द्रासमेत अन्य आरोपीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया