भारतका सडक मन्त्री गडकरी नेपाल आउँदै

भारतका सडक पारवाहन मन्त्री एवं भारतीय जनता पार्टीका नेता नितिन गडकरी नेपाल आउने भएका छन् । पतंजलि योगपीठ नेपालद्वारा संचालन हुन गई रहेको आस्था नेपाल र पतंजलि नेपाल नामक धार्मिक च्यानलको शुभारम्भ र पतंजलि आश्रमको उदघाटन गर्ने कार्यक्रममा आउन लागेको बताइएको छ । गडकरी भाजपाका पूर्व अध्यक्ष हुनुहुन्छ । सो कार्यक्रममा पंतान्जली योगपीठका स्वामी रामदेव र आचार्य बालकृष्ण पनि आउने बताइएको छ । मंसिर ३ गते आयोजना हुने सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

तपाईको प्रतिक्रिया