गाउँघरमा लागुपदार्थ दुव्र्यसनी (सम्पादकीय)

लागु पदार्थ दुव्र्यसनी पहिला पहिला शहर वजारतिर मात्र पाइन्थ्यो । शहर बजारका ठूला ठूला होटल, रेष्टुरेन्ट, बारहरुमा ती लागु पदार्थ पाइन्थ्यो । तर अहिले ती लागु पदार्थ गाउँघरको गल्ली गल्लीमा पाइन्छन् । हुनेखाने परिवारका छोराछोरीहरु सौखका रुपमा त्यसलाई सेवन गर्थे । मनोरञ्जन र रमाइलोका लागि नासाको रुपमा लागु पदार्थ प्रयोग गर्थे तर विस्तारै आदत बन्दै गयो । र ती विस्तारै दुव्र्यसनी भए । अहिले ती लागु पदार्थ दुरव्र्यसनी शहर बजार हुँदै गाउँघरमा विस्तार भएको छ । अहिले गाउँघरका अभिभावकहरु त्यस्तो दुरव्र्यसनीका कारण आफ्ना छोराछोरीबाट हैरान भएका छन् ।

र, यो दुरव्र्यसनीको सँख्या सबभन्दा बढी अहिले तराई मधेशमा देखिएका छन् । र यसले कतिपयको घर परिवार बिग्रिरहेका छन् भने विभिन्न किसिमका अपराधका घटनामा पनि वृद्धि भएका छन् । तराई मधेशमा हुने दिनहुँको झैझगडा, लुटपाट तथा बलत्कारमा अधिकाँश त्यही लागु पदार्थ प्रयोग कर्ताहरुको संलग्नता हुन्छन् । नेपाल–भारतको खुल्ला बोर्डर भएका कारणले तराई मधेशमा लागु पदार्थ ओसार पोसार हुन्छ र प्राप्ति सहज हुन्छ । नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाका छन् । त्यसमध्ये प्रमुख तीनवटा मुख्य नाका तराई मधेशमै पर्छन् । त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा रहेका छन् । यी त भए ठूला ठूला नाका तर खुल्ला बोर्डर भएका कारण अन्य साना साना नाका अर्थात बाटो प्रयोग गरेर लागु पदार्थ नेपाल भित्र्याउने गरेका छन् ।

विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागु औषध नियन्त्रण ब्यूरोले बताउँछ । त्यसका अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई भएपछि स्थलमार्गको रुपमा नेपालगञ्ज, भैरहवा, काँकरभिट्टा, वीरगञ्ज, मारड, लदनीय, जोगवनीलगायतका नाकाबाट नेपालमा आउने गरेको छ ।

त्यहीबाट ओसार पोसार हुँदै, देशका विभिन्न ठाउँमा जाने गरेका छन् । र, ती अधिकाँश कारोबारमा तराई मधेशका युवाहरु नै संलग्न रहेको पाइन्छ । कारोवारमा संलग्न भएको कारणले त्यसलाई सेवन नगर्ने कुरा हुँदैन । कारोवारका साथै दुरव्र्यसनी तथा कुलतमा फस्दै गए र आज त्यो विकराल रुप लिएको छ । यस्तो विकाराल रुप लिएको छ कि त्यसलाई नियन्त्रण गर्न अहिले गाह्रो भइरहेको छ । तराई मधेशका अभिभावकहरु अहिले आफ्ना छोराछोरीका लागि सुधार केन्द्र धाउन थालेका छन् । तर त्यहाँका स्थानीय सरकार होस् या प्रदेश सरकार त्यसप्रति कुनै ध्यान दिएको छैन । औषधी पसलहरुमा खुल्लम खुल्ला रुपमा लागु पदार्थ विक्रि वितरण भइरहेका हुन्छन् । युवाहरु खुलम खुल्ला खरिद गरी त्यसलाई सेवन गरिरहेका हुन्छन् तर न त्यसलाई समाजले नियन्त्रण गर्न सकिरहेका छन् न प्रशासनले ।

लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रिय रुपमै खतरा पैदा गर्दछ । लागु पदार्थ प्रयोग गर्नेहरु आफ्नो आमा बुवा तथा दाइ, भाइ तथा दिदी वहिनीलाई पनि चिन्दैनन् । लागु पदार्थ सेवन गरेपछि आमा बुवा, दाइ भाइ दिदी वहिनी तथा आफन्तलाई समेत कुटपिट गरेको, हत्यासम्म गरेको धेरै घटना बाहिर आएका छन् । यहाँसम्म कि आफ्नै आमा, दिदी वहिनीसँग गलत व्यवहार गरेका घटना पनि बाहिर आइरहेका छन् । आफ्नै दिदी वहिनी तथा आफन्तलाई बलत्कारसम्म गरेको घटनाहरु भइरहेका हुन्छन् ।

आफ्नै घरमा चोरी गर्नु त समान्य कुरा भइसकेको छ । लागु पदार्थका कारण समाज बिकृत हुँदै गइरहेको छ तर समाजले त्यसको विरुद्धमा अवाज उठाउन सकेको छैन । बरु रक्सीको विरोध बेलाबेलामा गरेका हुन्छन् । तर लागु पदार्थको विरोध त्यति भएको पाइदैन । कारण, अहिलेको हाम्रो समाजका लागि लागु पदार्थ पहुँचभन्दा बाहिर छन् । रक्सी टोलटोलमा, पसल पसलमा विक्रि वितरण भइरहेका हुन्छन् । खाएको पनि थाह हुन्छ त्यसैले त्यसको विरोध गर्न सजिलो छ तर लागु औषध खुल्ला रुपमा विक्रि वितरण गरेका हुँदैन । लागु पदार्थ प्रायः

सबै पसलमा पाइरहेका हुन्छन्, यहाँ पाउँछन् भनि समाजलाई थाह हुन्छ तर विरोध गरिरहेका हुँदैन ।
नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भिर रुपमा यसलाई लिनुपर्दछ । कतिपय परिवार, टोल सुधारकहरु र आमा समूहहरु लागु औषध बिक्री व्यवहार गर्ने, ओसारपसार गर्ने त्यसलाई, सहयोग गर्ने प्रशासक र अड्डा–अदालतलाई पहिचान गर्न सकेको हुँदैन । आफनो व्यथा आफैमा थन्क्याएको पाइन्छ । उनीहरु आन्तरिकरुपमा हारगुहार त गर्छन् । उपाय लाग्दैन अनि पुग्छन्, पुनस्र्थापना केन्द्र, अहिले नेपालका विभिन्न ठाउँमा पुनस्र्थापना केन्द्र स्थापना गरी उपचार गरिएको छ । यो मात्र समाधान होइन ।

सामान्यतया लागु पदार्थ दुई किसिमका हुन्छन् । गाँजाजन्य र अफिमजन्य । गाँजाजन्यअन्तर्गत, गाँजा चरेस, भाङ पर्दछ भने अफिमजन्यअन्तर्गत–अफिम, मर्फिन, हेरोइन, कोडिन, मेथाडोन, व्यूप्रिनफिर्नजस्ता लागु पदार्थ पर्दछ । र, यीमध्ये प्रायः गाउँघरतिर पाइन्छ । शहरमा नपाउने कुरा नै हुँदैन, त्यहाँ त विभिन्न स्रोतबाट उपलब्ध भइरहेका हुन्छन् तर गाउँघरमा पनि यी सबै कुनै नकुनै रुपमा उलपब्ध हुन्छ । अब यसलाई निरुत्साहन गर्नका लागि स्थानीय सरकारले विशेष जोड दिनुपर्छ । त्यसका साथै गाउँसमाजमा रहेका विभिन्न गैरसरकारी संघ संस्थाहले पनि नियन्त्रणका लागि जोड दिनुपर्छ । यदि समयमा त्यसलाई नियन्त्रण गर्न सकिएन भने समाजमा ठूलो असर पर्छ र समाजका धेरै कुरा समाप्त हुन्छ । त्यसैले यसलाई समयमा नियन्त्रण गरौं ।

तपाईको प्रतिक्रिया