प्रदीप यादवको कारवाही बारे जसपाले छलफल गर्ने

काठमाडौँ मंसिर ४–जनता समाजवादी पार्टी नेपालले पार्टीका सांसद प्रदीप यादवको कारवाही बारे छलफल गर्ने भएको छ ।
भोली जसपाको कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकले सांसद यादवलाई सोधेको स्पष्टिकरणपछि आएको जवाफको बारेमा छलफल गर्ने कार्यकारिणी समितिाक सदस्य प्रकाश अधिकारीले बताए । जसपाले सोधेको स्पष्टिकरणको जवाफ प्रदीप यादवले पार्टीलाई बुझाई सकेको छ । जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टिकरण सोधेको थियो ।

मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टी तथा पार्टीका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा आन्दोलन गर्न लगाएको आरोप उहाँमाथि रहेको छ । जसपाले प्रदीप यादवलाई सात बुँदे स्पष्टिकरण सोधेको थिया । प्रदिप यादवलाई सोधेको सातवटै प्रश्नको जवाफमा इन्कार गर्नुभएको छ ।

स्रोतका अनुसार सांसद यादवले आफू कुनै पनि आन्दोलन नगराएको तथा पार्टीको पद्धती र प्रकृयामा रहेर पार्टीभित्र काम गरिरहेको दावी गर्नुभएको छ । पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले कसैको नाम लिएर आन्दोलन गरे भने त्यसको जिम्मेवार आफू नरहेको दावी गर्नुभयो ।

पार्टीको अनुशासनविपरित कुनै पनि कार्य नगरेको, पार्टीको झण्डा, पार्टीको बोर्ड, पार्टी कार्यालय तोडफोड, पार्टी अध्यक्षको पुतला जलाउने, पार्टी अध्यक्षको पुत्ला जलाउने, मुर्दावादको नारा लगाउनमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रदीप यादवले दावी गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया