सिरहामा आमहड्तालका लागि मसाल जुलुस

सिरहा पुस ७ गते । जनमत पार्टीले भोली सिरहामा आमहड्ताल गर्ने घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा सो पार्टीले सिरहाका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरेको छ । औरही गाउँपालिकाका किसानलाई पक्राउ गरी थुनामा राखेको र किसानमाथि दमन गरेको भन्दै जनमत पार्टीले केही दिनदेखि जिल्लामा आन्दोलन गर्दै आएको छ ।


गाउँपालिकामा अनुदानका लागि राखिएको मल त्यहाँका किसानले लुटेर लगेपछि गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको निर्देशनमा प्रहरीले केही किसानलाई पक्राउ गरेको छ । गाउँपालिकाले गहुँ समयमा वितरण नगर्ने, वितरण गर्दा कसैलाई बढी कसैलाई कम दिने जस्ता कारण देखाउँदै किसानले गोदाममा राखिएको मल लुटेको थियो । करिब ३५० बोरा मल किसानले लुटेको थियो ।

तपाईको प्रतिक्रिया