मधेशविनाको माओवादीको अध्यक्षमण्डल

काठमाडौँ पुस १२ गते । माआवादी केन्द्रको महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु भएको छ । बन्दसत्र सञ्चालनका लागि माओवादी केन्द्रले सात सदस्यी अध्यक्षमण्डल बनाएको छ । त्यसमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहनु भएको छ ।

तर सबभन्दा बढी प्रतिनिधि रहेको मधेशबाट एकजना मधेशीलाई पनि त्यहाँ राखिएको छैन । यसैबाट बुझ्नुपर्छ कि माओवादी केन्द्र कति समावेशी छ, प्रदेश २ बाट प्रतिनिधि भएर आउनु भएका माओवादी केन्द्रका एकजना मधेशी नेताले सहारा टाइम्ससँग भन्नुभयो, यो विभेद नै हो र मधेशी वर्षौदेखि यो विभेदको विरुद्ध लड्दै आएको छ र त्यो लडाई अझै जारी छ ।’

माओवादी केन्द्रका नेताहरुमा अझै सोचमा परिवर्तन आएको छैन । कुरा समावेशीको गर्ने तर व्यवहार एकलवादी गर्ने रहेको त्यो नेताको आरोप छ ।

महाधिवेशनमा यी सबै कुराहरु आफूहरुले उठाउने उहाँले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया