महतो पक्षका नेताले दिए लोसपामा धर्ना

काठमाडौँ पुस १२ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आन्तरिक विवाद धर्नासम्म पुगेको छ । यसलाई चाँडै समाधान गरिएन भने तल्लाबन्दीसम्म पुग्ने बताइएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले एकलौटी रुपमा जिल्ला अध्यक्ष, प्रदेश अध्यक्षहरु मनोनित गरेको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरु हिजोदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । जनकपुरबाट ६० जनाको सँख्यामा आएका नेताहरु हिजो एकवजेदेखि चार वजेसम्म पार्टी कार्यालयमा धर्ना दिएका थिए । आजपनि १२ वजेपछि धर्ना बस्ने लोसपाका नेता संजय सिंहले बताउनुभयो ।

पार्टी नेतृत्वबाट भएका मनोनयहरु पारदर्शी नभएको, पार्टीको विधि विधान तथा सहमतिमा नभएको कारण आफूहरु पार्टी कार्यालयमा धर्ना बसेको उहाँले बताउनुभयो । यसलाई चाँडै समाधान गरिए पनि कार्यालयमा तालाबन्दीसम्मको अवस्था आउन सक्ने उहाँले चेतावनी दिनुभयो ।

हिजो कपिलवस्तुबाट फर्किनु भएका पार्टीका अध्यक्ष महन्थ ठाकुर पार्टी कार्यालय पुग्नु भएको छैन । आन्दोलनकारीहरु अध्यक्ष ठाकुरसँग वार्ता गर्ने भन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया