सिंहदरवारमा बाबुरामको छुट्टै उठ बस्

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सिंहदरवारमा आफ्नो बसाई छुट्टै कायम गर्नुभएको छ । नयाँ शक्तिमै हुँदा सिंहरदरवारमा उहाँका पार्टीका लागि संसदीय दलको कार्यालय व्यवस्था गरेको थियो । तर नयाँ शक्ति र तत्कालिन संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भएको दुई वर्ष भन्दा बढी भइसक्यो । तर डा.बाबुराम भट्टराईले आफ्नो कार्यकक्ष त्यही राख्नु भएको छ । उहाँको कार्यकक्षको अगाडी नेमप्लेट राखिएको छ र त्यसमा लेखिएको छ, मा.डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टी, नेपाल संघीय संसद, संसदीय दलको कार्यालय ।

जब कि जनता समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालय संसद सचिवालयको भवन नम्बर २ को पाँचौ तल्लामा रहेको छ । सो संसदीय दलका कार्यालयका एकजना कर्मचारीका अनुसार संसदीय सचिवालयले डा.बाबुराम भट्टराईको लागि कार्यकक्षको व्यवस्था यही मिलाउन चाहेको थियो तर उहाँले आफू त्यही ठिक रहेको यता बनाउनु पर्दैन भन्नुभएको थियो । हुनत जसपाको संसदीय दलमा उहाँको कुनै ओहदा छैन, कुनै पदमा हुनुहुन्न । उहाँलाई कार्यकक्ष दिन पनि मिल्दैन तैपनि पूर्व प्रधानमन्त्री भएको हैसियतले सम्मानका लागि भएपनि कार्यकक्ष होस् भनेर मात्र सचिवालयले उहाँलाई दिएको हो नत्र संसदीय दलको सदस्यको नाताले उहाँ कार्यकक्ष पाउनु हुन्न, ती कर्मचारीले भन्नुभयो ।

नयाँ शक्ति पार्टी भएको बेला उहाँले पाउनु भएको कार्यालय उहाँले आफै छाडि दिनुपर्ने हो किनभने सो पार्टी एउटा अर्को कुनै दलमा मर्ज भइसकेको छ । नयाँ शक्ति पार्टी अहिले अस्तित्वमा छैन भने त्यसको नाममा दिएको कार्यालय प्रयोग गर्न पाउनु हुन्न । उहाँले सो कार्यालयमा जनता समाजवादी पार्टी नेपालको नेमप्लेट लगाएर बस्नु भएको छ । पूर्वप्रधानमन्त्री हुनुहुन्छ उहाँ आफैले बुझ्नुपर्ने कुरा हो हामीले के भन्ने हो, संसद सचिवालयका ती कर्मचारीले भन्नुभयो । जनता समाजवादी पार्टी कार्यालयमै कार्यकक्ष हुँदा त्यहाँ उहाँको गप्यनियता भङ्ग हुने डर छ । एमालेको संसदीय दल जाने बाटोमा साना संसदीय दलहरुको कार्यालयसँग डा.बाबुराम भट्टराई कार्यकक्ष रहेको छ । उहाँ सिंहदरवार छिरेपछि प्रायः त्यही बस्नु हुन्छ । उहाँ त्यही भेटघाटहरु गर्नुहुन्छ ।

त्यहाँ बसेर उहाँले जसपाका नेता तथा सांसदहरुलाई बोलाएर छलफल गर्नुहुन्छ । जति खुलेर उहाँले त्यहाँ कुरा गर्न सक्नुहुन्छ त्यति खुलेर माथी जसपाको संसदीय दलको कार्यालयमा गर्न सक्नुहुन्न । अहिले पार्टीमा जसपाका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच मनमुटाव सुरु भएको छ । डा.बाबुराम भट्टराईले पार्टीमा आफ्नो पक्ष बलियो बनाउनका लागि सो पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट बाक्लिएको छ र उहाँले त्यसका लागि सिंहदरवारस्थितको त्यो कार्यालयलाई पनि प्रयोग गरिरहनु भएको छ ।

उहाँको टार्गेट महन्थ ठाकुर पक्षलाई छाडेर उपेन्द्र यादव पक्षमा लागेका नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयासमा हुनुहुन्छ । उहाँ राजकिशोर यादव, महेन्द्रराय यादव, प्रमोद साह, अमृता अग्रहरी, मृगेन्द्रकुमार सिंह यादव, रानी मण्डललगायतका नेताहरुलाई मिलाउने प्रयासमा हुनुहुन्छ । स्रोतका अनुसार मन्त्री बन्न नपाएपछि जसपाका कार्यकारिणी सदस्य इस्तियाक राइ पनि डा.बाबुराम भट्टराईकै बोली बोलिरहनु भएको छ । पार्टीमा आफ्ना शक्ति सञ्चित गरिसकेपछि त्यसका अध्यक्ष बन्ने दाउमा डा.भ्टराई हुनुहुन्छ । जसपा नेपालको विधानमा अझै पनि दुई जना अध्यक्षको प्रावधान रहेको छ । त्यसको अर्को अध्यक्ष डा.भट्टराई आफै बन्ने दाउमा हुनुहुन्छ ।

-सहरा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया